विराटनगरको आगलागी : मृत्तकको संख्या दुई पुग्यो, चार घाइतेलाई काठमाडौं लगियो

विराटनगरको आगलागी : मृत्तकको संख्या दुई पुग्यो, चार घाइतेलाई काठमाडौं लगियो : Icon Khabar

मोरङ, मंसिर २० । मोरङको विराटनगरस्थित एक कवाडी गोदाममा भएको आगलागीमा परी दुई जनाको ज्यान गएको छ । आगलागीमा परेर एक जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

आगलागीमा परेर विराटनगर–७ का ३२ वर्षीय दीपक मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि न्युरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा मृत्यु भएको हो । जलेर मृत्यु भएको अवस्थामा एक जना महिलाको शव घटनास्थलमा फेला परेको छ । मृतकको पहिचान खुलेको छैन । उद्धारकर्ताहरुका अनुसार आगलागी भइरहेको गोदामभित्र आगोले जलिरहेको देखिन्थ्यो । चिच्याइरहँदा पनि आगो नियन्त्रणमा समस्या भएपछि उद्धार गर्न नसक्दा जलेर त्यहीँ मृत्यु भएको हो ।

दिउँसो २ः१५ बजेदेखि लागेको आगो ५ बजेतिर नियन्त्रणमा लिइएको छ । विभिन्न ठाउँबाट आएका दमकलको सहयोगमा स्थानीय, प्रहरी र सेनाले आगो नियन्त्रणमा लिएका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार विराटनगर महानगरपालिका–७ सातघुम्तीमा रहेको कवाडी पसलमा बुधबार दिउँसो २ः१५ बजेतिर आगलागी सुरु भएको हो । आगलागीमा परेकामध्ये पाँच जनालाई उद्धार गरेर उपचारका लागि लगिएको थियो । तीमध्ये दीपकको उपचारका क्रममा मृत्यु भएको दाहालले बताए ।

आगलागीमा परेर विराटनगर–६ की अन्दाजी ६० वर्षीया रीता सरदार, अन्दाजी ६५ वर्षीय सुशीला पासवान, ५८ वर्षीय किशोर कामत र मोरङको कटहरी गाउँपालिका–६ की अन्दाजी ३० वर्षीया पिंकी कामत घाइते भएका छन् । आगोले जलेर घाइते भए हुनेमध्ये रीता र सुशीलाको अवस्था गम्भीर छ । घाइते चार जनालाई थप उपचारका लागि काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ । नेपाली सेनाको स्काई ट्रकमार्फत् घाइतेलाई काठमाडौं लगिएको हो । आगलागीको कारण र क्षतिको विवरण आइसकेको छैन ।

Published Date: 06 December 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु