विराटनगरको आगलागी : मृत्तकको संख्या दुई पुग्यो, चार घाइतेलाई काठमाडौं लगियो

विराटनगरको आगलागी : मृत्तकको संख्या दुई पुग्यो, चार घाइतेलाई काठमाडौं लगियो : Icon Khabar

मोरङ, मंसिर २० । मोरङको विराटनगरस्थित एक कवाडी गोदाममा भएको आगलागीमा परी दुई जनाको ज्यान गएको छ । आगलागीमा परेर एक जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

आगलागीमा परेर विराटनगर–७ का ३२ वर्षीय दीपक मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि न्युरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा मृत्यु भएको हो । जलेर मृत्यु भएको अवस्थामा एक जना महिलाको शव घटनास्थलमा फेला परेको छ । मृतकको पहिचान खुलेको छैन । उद्धारकर्ताहरुका अनुसार आगलागी भइरहेको गोदामभित्र आगोले जलिरहेको देखिन्थ्यो । चिच्याइरहँदा पनि आगो नियन्त्रणमा समस्या भएपछि उद्धार गर्न नसक्दा जलेर त्यहीँ मृत्यु भएको हो ।

दिउँसो २ः१५ बजेदेखि लागेको आगो ५ बजेतिर नियन्त्रणमा लिइएको छ । विभिन्न ठाउँबाट आएका दमकलको सहयोगमा स्थानीय, प्रहरी र सेनाले आगो नियन्त्रणमा लिएका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार विराटनगर महानगरपालिका–७ सातघुम्तीमा रहेको कवाडी पसलमा बुधबार दिउँसो २ः१५ बजेतिर आगलागी सुरु भएको हो । आगलागीमा परेकामध्ये पाँच जनालाई उद्धार गरेर उपचारका लागि लगिएको थियो । तीमध्ये दीपकको उपचारका क्रममा मृत्यु भएको दाहालले बताए ।

आगलागीमा परेर विराटनगर–६ की अन्दाजी ६० वर्षीया रीता सरदार, अन्दाजी ६५ वर्षीय सुशीला पासवान, ५८ वर्षीय किशोर कामत र मोरङको कटहरी गाउँपालिका–६ की अन्दाजी ३० वर्षीया पिंकी कामत घाइते भएका छन् । आगोले जलेर घाइते भए हुनेमध्ये रीता र सुशीलाको अवस्था गम्भीर छ । घाइते चार जनालाई थप उपचारका लागि काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ । नेपाली सेनाको स्काई ट्रकमार्फत् घाइतेलाई काठमाडौं लगिएको हो । आगलागीको कारण र क्षतिको विवरण आइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 December 2023
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू