नेपालको विकास एमालेको सरकारले मात्र गर्न सक्छ: केपी शर्मा ओली

नेपालको विकास एमालेको सरकारले मात्र गर्न सक्छ: केपी शर्मा ओली : Icon Khabar

मंगलसेन, मंसिर १६ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास एमालेको सरकारले मात्र गर्न सक्ने भन्दै एमालेलाई सहयोग गर्न आग्रह गरेका छन्।

समृद्धिसहितको सङ्कल्प पदयात्राको क्रममा अछाम सदरमुकाम मङ्गलसेनमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो आग्रह गरेका हुन् । वर्तमान सरकारले देशको विकास र सुशासनमा कुनै काम नगरेको उनले टिप्पणी गरे।

नागरिकले देशमा सुशासन र विकास चाहेको भन्दै एमालेको नेतृत्वमा सरकार भएमात्रै जनताले विकास पाउने दाबी उनले गरे । “एमाले सरकारमा हुँदा झलमल्ल बत्ती बलेजस्तो हुन्छ । एमाले सरकारबाट हटेमा बत्ती गएजस्तै अँध्यारो हुन्छ” अध्यक्ष ओलीले भने।

पश्चिम सेती, सेती लोकमार्ग, माथिल्लो कर्णाली जलविद्युत आयोजना, चिसापानी–जंगलघाट–मङ्गलसेनको फाष्ट ट्रयाकलगायतको विकासमा एमाले दृढ रहेको उनले चर्चा गरे।

वर्तमान सरकारले नागरिकको हितमा काम गर्न नसकेको भन्दै अध्यक्ष ओलीले गठबन्धन दलका नेताहरू स्वार्थमा केन्द्रित रहेको आरोप लगाए । वर्तमान सरकारका पालामा बेथिति मात्रै भएको उनले आरोप लगाए।

Published Date: 02 December 2023
ताजा
डाक्टरमाथि कुटपिट र दुर्व्यवहारको विरोधमा चिकित्सक संघद्वारा आज देशभर आकस्मिक बाहेकका सेवा ठप्प
विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलर १५३ रुपैयाँ पार, अरू कति?
मनसुनी वायुको प्रभाव कायमै: आज धेरैजसो भूभागमा वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न