नेपालको विकास एमालेको सरकारले मात्र गर्न सक्छ: केपी शर्मा ओली

नेपालको विकास एमालेको सरकारले मात्र गर्न सक्छ: केपी शर्मा ओली : Icon Khabar

मंगलसेन, मंसिर १६ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास एमालेको सरकारले मात्र गर्न सक्ने भन्दै एमालेलाई सहयोग गर्न आग्रह गरेका छन्।

समृद्धिसहितको सङ्कल्प पदयात्राको क्रममा अछाम सदरमुकाम मङ्गलसेनमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो आग्रह गरेका हुन् । वर्तमान सरकारले देशको विकास र सुशासनमा कुनै काम नगरेको उनले टिप्पणी गरे।

नागरिकले देशमा सुशासन र विकास चाहेको भन्दै एमालेको नेतृत्वमा सरकार भएमात्रै जनताले विकास पाउने दाबी उनले गरे । “एमाले सरकारमा हुँदा झलमल्ल बत्ती बलेजस्तो हुन्छ । एमाले सरकारबाट हटेमा बत्ती गएजस्तै अँध्यारो हुन्छ” अध्यक्ष ओलीले भने।

पश्चिम सेती, सेती लोकमार्ग, माथिल्लो कर्णाली जलविद्युत आयोजना, चिसापानी–जंगलघाट–मङ्गलसेनको फाष्ट ट्रयाकलगायतको विकासमा एमाले दृढ रहेको उनले चर्चा गरे।

वर्तमान सरकारले नागरिकको हितमा काम गर्न नसकेको भन्दै अध्यक्ष ओलीले गठबन्धन दलका नेताहरू स्वार्थमा केन्द्रित रहेको आरोप लगाए । वर्तमान सरकारका पालामा बेथिति मात्रै भएको उनले आरोप लगाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 December 2023
Website | + posts