बजारमा पाइयो प्रेस्क्रिप्सन बिना नै औषधि बिक्री वितरण

बजारमा पाइयो प्रेस्क्रिप्सन बिना नै औषधि बिक्री वितरण : Icon Khabar

काठमाडौँ, मंसिर १५ । बजारमा प्रेस्क्रिप्सन बिना नै औषधि बिक्री वितरण भएको पाइएको छ । औषधि व्यवस्था विभागको नियमित निरीक्षणको क्रममा प्रेस्क्रिप्सन बिना औषधि विक्री वितरण भएको पाइएको हो ।

बजारमा प्रेस्क्रिप्सन बिना नै औषधि बिक्री वितरण भएको पाइएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए । औषधि ऐन २०३५ को दफा १७ को उपदफा २ मा समूह क र ख मा समूहकृत गरिएका औषधि चिकित्सकको प्रेस्क्रिप्सन बिना बिक्री वितरण गर्न नहुने व्यवस्था छ ।

प्रति जैविक औषधिहरू समेत बिना प्रेस्क्रिप्सन विक्री–वितरण भएको र ती औषधिहरूको व्यापक प्रयोगले रोग प्रतिरोध क्षमता अभिवृद्धि कम भई औषधिले काम नगरेको अवस्था रहेको उनले बताए ।

उनले औषधि ऐन विपरीत त्यस्ता काम र कारबाही गरेको पाइएमा कारबाही हुने महानिर्देशक ढकालले बताए । औषधि खरिद गर्नु पूर्व चिकित्सकको सल्लाह लिई प्रेस्क्रिप्सन आवश्यक पर्ने बताउँदै ढकालले औषधिको अनिवार्य प्रेस्क्रिप्सन लिन समेत अनुरोध गरे ।

उनले औषधि पसलबाट मात्र औषधिको खरिद गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 December 2023
Website | + posts
ताजा
खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता : मन्त्री यादव
प्रधानमन्त्री ओली प्रतिनिधि सभामा सांसदहरूसँग प्रश्नोत्तरमा सहभागी नहुने
नाइजेरियाको एक मस्जिदमा आक्रमण हुँदा २७ जनाको मृत्यु
बुधबार सुनको भाउ प्रतितोला १६ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू