बजारमा पाइयो प्रेस्क्रिप्सन बिना नै औषधि बिक्री वितरण

बजारमा पाइयो प्रेस्क्रिप्सन बिना नै औषधि बिक्री वितरण : Icon Khabar

काठमाडौँ, मंसिर १५ । बजारमा प्रेस्क्रिप्सन बिना नै औषधि बिक्री वितरण भएको पाइएको छ । औषधि व्यवस्था विभागको नियमित निरीक्षणको क्रममा प्रेस्क्रिप्सन बिना औषधि विक्री वितरण भएको पाइएको हो ।

बजारमा प्रेस्क्रिप्सन बिना नै औषधि बिक्री वितरण भएको पाइएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए । औषधि ऐन २०३५ को दफा १७ को उपदफा २ मा समूह क र ख मा समूहकृत गरिएका औषधि चिकित्सकको प्रेस्क्रिप्सन बिना बिक्री वितरण गर्न नहुने व्यवस्था छ ।

प्रति जैविक औषधिहरू समेत बिना प्रेस्क्रिप्सन विक्री–वितरण भएको र ती औषधिहरूको व्यापक प्रयोगले रोग प्रतिरोध क्षमता अभिवृद्धि कम भई औषधिले काम नगरेको अवस्था रहेको उनले बताए ।

उनले औषधि ऐन विपरीत त्यस्ता काम र कारबाही गरेको पाइएमा कारबाही हुने महानिर्देशक ढकालले बताए । औषधि खरिद गर्नु पूर्व चिकित्सकको सल्लाह लिई प्रेस्क्रिप्सन आवश्यक पर्ने बताउँदै ढकालले औषधिको अनिवार्य प्रेस्क्रिप्सन लिन समेत अनुरोध गरे ।

उनले औषधि पसलबाट मात्र औषधिको खरिद गर्न आग्रह गरे ।

Published Date: 01 December 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास