शुक्रबार सुनको भाउमा प्रतितोला ३०० रुपैयाँले गिरावट

शुक्रबार सुनको भाउमा प्रतितोला ३०० रुपैयाँले गिरावट : Icon Khabar

काठमाडौँ, मंसिर १५ । लगातार उच्च विन्दुमा पुगेको सुनको भाउमा गिरावट भएको छ । मंसिर १५ गते, शुक्रबार सुन तोलामा ३०० रुपैयाँले सस्तिएको हो । चाँदीको भाउ भने यस दिन बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँमा झरेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार भने सुनको भाउ स्थिर रहेको छ । हिजो सुन प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँ कायम रहेको थियो । बुधबार सुनकाे भाउमा भने नयाँ रेकर्ड कायम भएकाे थियाे । त्यस दिन सुन प्रतिताेला एक लाख १९ हजार ३०० रूपैयाँकाे उच्चस्तरमा पुगेकाे थियाे ।

साताको अन्तिम कारोबार दिन, चाँदीको मूल्य भने वृद्धि भएको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढ्दा प्रतितोला एक हजार ५४० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

अघिल्लो कारोबार दिन, चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ५२० रुपैयाँमा किनबेच भएको थियो ।

 

Published Date: 01 December 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा