शुक्रबार सुनको भाउमा प्रतितोला ३०० रुपैयाँले गिरावट

शुक्रबार सुनको भाउमा प्रतितोला ३०० रुपैयाँले गिरावट : Icon Khabar

काठमाडौँ, मंसिर १५ । लगातार उच्च विन्दुमा पुगेको सुनको भाउमा गिरावट भएको छ । मंसिर १५ गते, शुक्रबार सुन तोलामा ३०० रुपैयाँले सस्तिएको हो । चाँदीको भाउ भने यस दिन बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँमा झरेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार भने सुनको भाउ स्थिर रहेको छ । हिजो सुन प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँ कायम रहेको थियो । बुधबार सुनकाे भाउमा भने नयाँ रेकर्ड कायम भएकाे थियाे । त्यस दिन सुन प्रतिताेला एक लाख १९ हजार ३०० रूपैयाँकाे उच्चस्तरमा पुगेकाे थियाे ।

साताको अन्तिम कारोबार दिन, चाँदीको मूल्य भने वृद्धि भएको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढ्दा प्रतितोला एक हजार ५४० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

अघिल्लो कारोबार दिन, चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ५२० रुपैयाँमा किनबेच भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 December 2023
Website | + posts




ताजा
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान
सुन आयातको सीमा बढ्यो, २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको उत्तरपुस्तिकाको परीक्षा पुनः गर्ने त्रिविको निर्णय
शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित