आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौँ, मंसिर १५ । आज २०८० मंसिर १५ गते शुक्रबार, तद्अनुसार १ डिसेम्बर २०२३ । आज मार्ग कृष्णपक्ष चतुर्थी, पुनर्वशु -नक्षत्र, शुक्ल- योग, वालव- करण, चन्द्रराशि- मिथुन, सूर्योदय- बिहान ६: ३८, सूर्यास्त- साँझ १७:०६ बजे ।

आजको राशिफल

मेष: सवारीसाधन तथा मेशीनरीको प्रयोगमा सावधानी अपनाउनु होला । विवेक पुर्याएर कार्य गर्दा लाभ हुनेछ । कार्य क्षेत्र विस्तार हुनेछ ।

वृष: जीवनसाथीको सहयोग पाइने छ । समयका सदुपयोग हुनेछ । परिवारमा सुख–शान्ति रहने छ ।

मिथुन: सम्पत्तिको कार्यले लाभ दिने छ । प्रसन्नता रहने छ । नवीन कार्ययोजनाको कुराकानीमा सफलता पाइने योग छ ।

कर्कट: स्वादिष्ट भोजनको आनन्द मिल्ने छ । रचनात्मक कार्य सफल हुनेछ । साहस, पराक्रममा वृद्धि हुनेछ ।

सिंह: मेहनत बढी हुनेछ । बुद्धि, विवेकले कार्य गर्नाले बाधा हट्ने छ । क्रोध एवं उत्तेजनामा संयमता अपनाउनु होला ।

कन्या: मेहनतको फल पाइने छ । कार्यसिद्धि हुनेछ । प्रतिष्ठा बढ्ने छ ।

तुला: राम्रो समाचार पाइने छ । मान बढ्ने छ । व्यापार–व्यवसायमा अनुकूल अवसर प्राप्त हुनेछ ।

वृश्चिक: व्यावसायिक यात्रा सफल रहने छ । उपहार प्राप्ति हुनेछ । सन्तानको प्रगतिबाट मन प्रसन्न रहने छ ।

धनु: अप्रत्याशित खर्च बढ्ने छ । शत्रुले हानि पुर्याउन सक्ने छन् । लेन–देनमा सावधानि अपनाउनु होला ।

मकर: यात्रा, जागिर तथा लगानी मनोनुकूल रहने छ । आम्दानीमा वृद्धि हुनेछ । प्रसन्नता रहने छ ।

कुम्भ: कार्यस्थलमा सुधार हुनेछ । धनार्जन हुनेछ । आर्थिक क्षेत्रमा उन्नतिको अवसर प्राप्त हुनेछ ।

मीन: पूजा–पाठमा मन लाग्ने छ । धनार्जन हुनेछ । साझेदारीको काममा तपाईंद्वारा गरिने निर्णयबाट लाभ हुनेछ ।

Published Date: 01 December 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ