नेपाल फिफा वरीयतामा दुई स्थान तल झर्यो

नेपाल फिफा वरीयतामा दुई स्थान तल झर्यो : Icon Khabar

काठमाडौँ, मंसिर १४ । नेपाल फिफा वरीयतामा दुई स्थान खस्किएको छ । विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार सार्वजनिक गरेको पुरुष वरीयतामा नेपाल दुई स्थान तल झर्दै एक सय ७५औँ स्थानमा रहेको हो । यसअघि नेपाल एक सय ७३औँ स्थानमा थियो ।

नेपालले हालै सम्पन्न सन् २०२६ को विश्वकप छनोटको दोस्रो चरणको खेलमा संयुक्त अरब इमिरेट्स (युएई) र यमनसँग हार खेपेका कारण वरीयतामा खस्किएको हो । दक्षिण एसियाली देशमा भने नेपाल तेस्रो स्थानमा छ । भारत समग्रमा १०२ माल्दिभ्स एक सय ६१औँ स्थानमा छ ।

यस्तै बङ्गलादेश एक सय ८३औँ, भुटान एक ८४औँ, पाकिस्तान एक सय ९५औँ र श्रीलंका २०४औँ स्थानमा छ । विश्व वरीयताको शीर्षस्थानमा विश्वकव विजेता अर्जेन्टिना रहेको छ । उपविजेता फान्स दोस्रो, इङ्ल्यान्ड तेस्रो, बेल्जियमले चौथो र ब्राजिल पाँचौँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 November 2023
Website | + posts




ताजा
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
कोदारी राजमार्गको डाक्लाङ खण्डमा पहिरो खस्दा तातोपानी नाका पुनः अवरुद्ध
भीषण पहिरोले दार्जिलिङमा १८ जनाको नेपाली भाषीको मृत्यु
चीनले मानिसजस्तै बौद्धिक एजीआई बनाउने


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने