नेपाल फिफा वरीयतामा दुई स्थान तल झर्यो

नेपाल फिफा वरीयतामा दुई स्थान तल झर्यो : Icon Khabar

काठमाडौँ, मंसिर १४ । नेपाल फिफा वरीयतामा दुई स्थान खस्किएको छ । विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार सार्वजनिक गरेको पुरुष वरीयतामा नेपाल दुई स्थान तल झर्दै एक सय ७५औँ स्थानमा रहेको हो । यसअघि नेपाल एक सय ७३औँ स्थानमा थियो ।

नेपालले हालै सम्पन्न सन् २०२६ को विश्वकप छनोटको दोस्रो चरणको खेलमा संयुक्त अरब इमिरेट्स (युएई) र यमनसँग हार खेपेका कारण वरीयतामा खस्किएको हो । दक्षिण एसियाली देशमा भने नेपाल तेस्रो स्थानमा छ । भारत समग्रमा १०२ माल्दिभ्स एक सय ६१औँ स्थानमा छ ।

यस्तै बङ्गलादेश एक सय ८३औँ, भुटान एक ८४औँ, पाकिस्तान एक सय ९५औँ र श्रीलंका २०४औँ स्थानमा छ । विश्व वरीयताको शीर्षस्थानमा विश्वकव विजेता अर्जेन्टिना रहेको छ । उपविजेता फान्स दोस्रो, इङ्ल्यान्ड तेस्रो, बेल्जियमले चौथो र ब्राजिल पाँचौँ स्थानमा छ ।

Published Date: 30 November 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ