दुर्गा प्रसाईंकै सुरक्षाका लागि प्रहरीले निगरानीमा राखिएको हो, नजरबन्द गरेको होइन: सिडिओ भक्तपुर

दुर्गा प्रसाईंकै सुरक्षाका लागि प्रहरीले निगरानीमा राखिएको हो, नजरबन्द गरेको होइन: सिडिओ भक्तपुर : Icon Khabar

भक्तपुर, मंसिर ६ । भक्तपुरका प्रमुख जिल्ला अधिकारीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंकै सुरक्षाका लागि उनलाई निगरानीमा राखिएको बताएकी छिन् । प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठका अनुसार उनलाई नजरबन्दमा राखिएको नभई सुरक्षा चुनौतीका कारण निगरानीमा राखिएको हो ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई नजरबन्दमा राखिएको हो भन्ने प्रश्नमा सिडिओ श्रेष्ठले नजरबन्दमा राखिएको समाचार गलत भएको बताइन् ।

श्रेष्ठले भनिन्, ‘उहाँकै सुरक्षाका कारण हामीले उहाँ र उहाँका कार्यकर्तालाई सुरक्षासहित निगरानीमा राखेका हौँ, यो स्थान हद वा नजरबन्द केही होइन ।’

त्यसो भए घरबाट निस्कन किन नदिएको त भन्ने प्रश्नमा श्रेष्ठले भनिन्, ‘जिल्ला प्रशासन कार्यालय काठमाडौँले उहाँलाई कार्यक्रम गर्न दिने स्थान तोकिदिएमा त्यस स्थानसम्म जान दिन हामी तयार छौँ । त्यसका लागि सहयोग पनि गर्छौँ । तर कार्यक्रम कहाँ गर्ने भनेर अनुमति नभई सडक नै अस्तव्यस्त र भद्रगोल पार्ने गरी आन्दोलन गर्ने भन्ने कुरा हुँदैन । उहाँले कार्यक्रम गर्ने स्थान र अनुमति पाएपछि हामी जान दिन्छौँ ।’

सिडिओ श्रेष्ठले बिहीबार दुई पक्षबिच पटक पटक झडप भएकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै निगरानीमा राखिएको बताइन् । श्रेष्ठले भनिन्, ‘काठमाडौँबाट कार्यक्रम गर्ने स्थानको अनुमति भएपछि हामी उहाँलाई जान दिन्छौँ । अहिले सुरक्षा दिएर निगरानीमा राख्नुको कारण उहाँकै सुरक्षाका लागि हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 November 2023
Website | + posts










ताजा
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
कुलमान घिसिङ निस्के अमेरिका र युरोप यात्रामा










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट