दुर्गा प्रसाईंकै सुरक्षाका लागि प्रहरीले निगरानीमा राखिएको हो, नजरबन्द गरेको होइन: सिडिओ भक्तपुर

दुर्गा प्रसाईंकै सुरक्षाका लागि प्रहरीले निगरानीमा राखिएको हो, नजरबन्द गरेको होइन: सिडिओ भक्तपुर : Icon Khabar

भक्तपुर, मंसिर ६ । भक्तपुरका प्रमुख जिल्ला अधिकारीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंकै सुरक्षाका लागि उनलाई निगरानीमा राखिएको बताएकी छिन् । प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठका अनुसार उनलाई नजरबन्दमा राखिएको नभई सुरक्षा चुनौतीका कारण निगरानीमा राखिएको हो ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई नजरबन्दमा राखिएको हो भन्ने प्रश्नमा सिडिओ श्रेष्ठले नजरबन्दमा राखिएको समाचार गलत भएको बताइन् ।

श्रेष्ठले भनिन्, ‘उहाँकै सुरक्षाका कारण हामीले उहाँ र उहाँका कार्यकर्तालाई सुरक्षासहित निगरानीमा राखेका हौँ, यो स्थान हद वा नजरबन्द केही होइन ।’

त्यसो भए घरबाट निस्कन किन नदिएको त भन्ने प्रश्नमा श्रेष्ठले भनिन्, ‘जिल्ला प्रशासन कार्यालय काठमाडौँले उहाँलाई कार्यक्रम गर्न दिने स्थान तोकिदिएमा त्यस स्थानसम्म जान दिन हामी तयार छौँ । त्यसका लागि सहयोग पनि गर्छौँ । तर कार्यक्रम कहाँ गर्ने भनेर अनुमति नभई सडक नै अस्तव्यस्त र भद्रगोल पार्ने गरी आन्दोलन गर्ने भन्ने कुरा हुँदैन । उहाँले कार्यक्रम गर्ने स्थान र अनुमति पाएपछि हामी जान दिन्छौँ ।’

सिडिओ श्रेष्ठले बिहीबार दुई पक्षबिच पटक पटक झडप भएकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै निगरानीमा राखिएको बताइन् । श्रेष्ठले भनिन्, ‘काठमाडौँबाट कार्यक्रम गर्ने स्थानको अनुमति भएपछि हामी उहाँलाई जान दिन्छौँ । अहिले सुरक्षा दिएर निगरानीमा राख्नुको कारण उहाँकै सुरक्षाका लागि हो ।’

Published Date: 24 November 2023
ताजा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता
विपना थापा फेरि आमाको भूमिकामा, नाजिर हुसेनको आमा बन्दै


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय