भक्तपुर घरेलु साकोसको २३ औं साधारण सभा सम्पन्न

भक्तपुर घरेलु साकोसको २३ औं साधारण सभा सम्पन्न : Icon Khabar

भक्तपुर, मंसिर ८ । भक्तपुर घरेलु बचत तथा ऋण सहकारी संस्था लि. को २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णगोविन्द लाखाजुको प्रमुख आतिथ्यतामा सो साधारण सभा सम्पन्न भएको हो।
प्रमुख अतिथि लाखाजुले साधारण सभा नगर्ने र व्याजको लोभमा विश्वास नभएको सहकारीमा आफ्नो पैसाहरु निक्षेपको रुपमा नराख्न अनुरोध गर्नुका साथै सहकारी सदस्यहरु पनि सहकारीका मालिक भएका कारण संस्थाको हिसाबकिताब चासोका साथ हेर्नुपर्ने बताए।

उक्त सभामा विशेष अतिथि नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, महासंघकै उपाध्यक्ष एवं निवर्तमान अध्यक्ष सत्यनारायण प्रजापतिज्यू लगायतले सहकारी व्यवस्थापन सम्बन्धि बोलेका थिए।

उक्त कार्यक्रममा संस्थाका अध्यक्ष लक्ष्मण ग्वाछाज्यूको सभापतित्वमा सम्पन्न भएको थियो ।

Published Date: 24 November 2023