नेपाली र चिनियाँ कलाकारको चित्रकला समेटिएको पुस्तक प्रकाशनमा आउने

नेपाली र चिनियाँ कलाकारको चित्रकला समेटिएको पुस्तक प्रकाशनमा आउने : Icon Khabar

काठमाडौं मंसिर ६ । नेपाली र चिनियाँ कलाकारको पौभा र थाङ्का चित्रकला समेटिएको महत्त्वपूर्ण पुस्तक प्रकाशनमा आउन लागेको छ। बुधबार एक समारोहका बिच राजधानीमा चाइनाको सिचुआन पब्लिसिङ हाउस र नेपालको बज्र पब्लिकेशन बिच क्रस माउन्टेन डाइलग, फाइन कलेक्सन अफ चाइनिज एण्ड नेपाली थाङ्का नामक पुस्तकको प्रतिलिपि अधिकार सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री पुकार महर्जनले बागमती प्रदेशबाटै गएका अरनिकोले सुरु गरेको कला संस्कृतिको आदान प्रदान अभियानलाई आज पर्यन्त कलाकारले जगेर्ना गरिरहेको बताए । नेपालको कला संस्कृति र पर्यटन विकासका लागि चिनियाँ पर्यटक महत्त्वपूर्ण रहेको बताउँदै मन्त्री महर्जनले चिनियाँ पर्यटकलाई नेपाल भित्राउन भूमिका खेल्न जरुरी रहेको बताए।

कार्यक्रमका विशिष्ट अतिथि नेपालका लागि चिनिया राजदूत छन् सोङले चीन नेपाल हिमाल र नदीले जोडिएको उल्लेख गरे । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले दुई देशका प्रकाशन संस्थाले संयुक्त रूपमा प्रकाशन गर्न लागेको पुस्तकले नेपाली कलालाई विश्वमाझ चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । हस्तकला महासङ्घका अध्यक्ष प्रभण्ड शाक्यले नेपाली कलाको प्रवर्द्धनमा चिनियाँ नागरिकको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे।

कार्यक्रममा पुस्तकका सम्पादक झाङ गोजिनले चीन–नेपाल सन् २०१० देखि हालसम्म चीन र नेपालबिचको कला र संस्कृतिको प्रवर्द्धन हुने बताए।

चीन र नेपालबिचको सम्बन्धलाई खाद्य संस्कृति, हस्तकला, अमूर्त सांस्कृतिक सम्पदा सीप आदि एल्बममा समेटिने पनि जानकारी दिए । पुस्तक चिनियाँ र अङ्ग्रेजी भाषामा रहने जानकारी दिँदै यो पुस्तकले नेपाली कला र हस्तकलालाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो। पुस्तक नेपाली भाषामा समेत प्रकाशन गरिने उहाँले जानकारी दिए।

कार्यक्रममा सिचुवान पब्लिसिङ हाउसका महाप्रबन्धक स्ये काङ, अक्षेश्वर परम्परागत महाविद्यालयका प्रधानाध्यापक नरेश शाक्य लगायतले मन्तव्य राखेका थिए । सो अवसरमा अक्षेश्वर परम्परागत महाविद्यालय र र बेइजिङ सिनियर क्यालिग्राफी एण्ड पेन्टिङ सङ्घका बिचमा नेपाली परम्परागत कलाको अनुसन्धान र प्रवर्धन गर्ने गरी सम्झौता पत्रका समेत हस्ताक्षर गरियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 November 2023
Website | + posts