बिहीबार सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घट्यो

बिहीबार सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, कार्तिक २३ । सुनको भाउ लगातार चार दिन घटेको छ । यो चार दिनमा सुनको भाउ २२ सय रुपैयाँले घट्न पुगेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख १३ हजार ७०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १३ हजार १५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि सोमबार, मंगलबार र बुधबार सुनको भाउ क्रमशः प्रतितोला ५००–४००–३०० रुपैयाँले घटेको थियो । बुधबार छापावाल सुन १ लाख १४ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १४ हजार १५० रुपैयाँ निर्धारण भएको थियो । बिहीबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १३ सय ८० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १३ सय ८५ रुपैयाँ कायम रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९४९.२१ डलरमा र चाँदी प्रतिऔंस २२.४ डलरमा कारोबार भइरहेको छ ।

Published Date: 09 November 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास