मेयर प्रजापतिले अवलोकन गरे भक्तपुरको सम्यक महादान पर्व

मेयर प्रजापतिले अवलोकन गरे भक्तपुरको सम्यक महादान पर्व : Icon Khabar

भक्तपुर, माघ १। भक्तपुरको थथुबही परिसरमा आज भएको सम्यक महादान पर्वको अवलोकण गर्न भक्तपुर नगरपालिकाका मयेर सुनिल प्रजापतिको उपस्थिति रहयो। थथुबही जयकीर्ति महाविहारमा भक्तपुरका पाँच दीपंकर बुद्धलगायतलाई भूमिमा उब्जाउ हुने सबै प्रकारका अन्न, गेडागुडी, फलफूल र मिठाई दान दिने पर्व को अवलोकण गरेका हुन्। यस पर्व प्रत्यक वर्ष माघ १ गते मनाउने गर्दछ । यस पर्वलाई बौद्ध धर्मावलम्बीको पञ्चदान पर्वपछि सबैभन्दा ठूलो पर्व मानिन्छ ।

भक्तपुरका पाँच दीपंकर बुद्धहरु क्वाठण्डौं प्रशन्नशील महाविहार, साकोठाको चतुब्र्रह्म महाविहार, गोल्मढीको मंगल धर्मदीप विहार, इताछेंको जयकीर्ति महाविहार र भार्वाचोको बौद्ध समकृत विहार हरु छन्। भक्तपुरका बौद्ध धर्मावालाबी नेवार समुदाय भित्रका शाक्य र बज्राचार्यले विशेष गरि यो पर्व धुमधामका साथ मनाउछन। यो पर्व नेसं ७८७ मा जयरत्न बज्राचार्यले सुरुवात गरेको इतिहास रहेको बताउछन।

आज पनि भक्तपुरमा मनाइएको सम्यक दानमा सहभागी हुन भक्तपुरलगायत काठमाडौं, ललितपुर, बनेपा, साँखु, ठिमीका सर्वसाधारण र संस्कृतिकर्मी गुँलाबाजा, दाफा भजन, ज्ञानमाला भजन, धाबाजा लगायतको सहभागिता रहयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 January 2023
Website | + posts