मेयर प्रजापतिले अवलोकन गरे भक्तपुरको सम्यक महादान पर्व

मेयर प्रजापतिले अवलोकन गरे भक्तपुरको सम्यक महादान पर्व : Icon Khabar

भक्तपुर, माघ १। भक्तपुरको थथुबही परिसरमा आज भएको सम्यक महादान पर्वको अवलोकण गर्न भक्तपुर नगरपालिकाका मयेर सुनिल प्रजापतिको उपस्थिति रहयो। थथुबही जयकीर्ति महाविहारमा भक्तपुरका पाँच दीपंकर बुद्धलगायतलाई भूमिमा उब्जाउ हुने सबै प्रकारका अन्न, गेडागुडी, फलफूल र मिठाई दान दिने पर्व को अवलोकण गरेका हुन्। यस पर्व प्रत्यक वर्ष माघ १ गते मनाउने गर्दछ । यस पर्वलाई बौद्ध धर्मावलम्बीको पञ्चदान पर्वपछि सबैभन्दा ठूलो पर्व मानिन्छ ।

भक्तपुरका पाँच दीपंकर बुद्धहरु क्वाठण्डौं प्रशन्नशील महाविहार, साकोठाको चतुब्र्रह्म महाविहार, गोल्मढीको मंगल धर्मदीप विहार, इताछेंको जयकीर्ति महाविहार र भार्वाचोको बौद्ध समकृत विहार हरु छन्। भक्तपुरका बौद्ध धर्मावालाबी नेवार समुदाय भित्रका शाक्य र बज्राचार्यले विशेष गरि यो पर्व धुमधामका साथ मनाउछन। यो पर्व नेसं ७८७ मा जयरत्न बज्राचार्यले सुरुवात गरेको इतिहास रहेको बताउछन।

आज पनि भक्तपुरमा मनाइएको सम्यक दानमा सहभागी हुन भक्तपुरलगायत काठमाडौं, ललितपुर, बनेपा, साँखु, ठिमीका सर्वसाधारण र संस्कृतिकर्मी गुँलाबाजा, दाफा भजन, ज्ञानमाला भजन, धाबाजा लगायतको सहभागिता रहयो।

Published Date: 15 January 2023
ताजा
फेसबुकको डेस्कटप भर्सनमा प्राविधिक समस्या, प्रयोगकर्ताद्वारा फेसबुक डाउन भएको रिपोर्ट
गत आर्थिक वर्षमा ७ लाख ९२ हजार बढी नेपाली वैदेशिक रोजगारीमा गए
स्पेन–अर्जेन्टिना फाइनल आज राति, एनटिभि प्लसमा प्रत्यक्ष प्रसारण हुने
आइतबार सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय