भाेलिबाट जारी गर्न लागेकाे हिमालयन रिको आईपीओ रोक्न सार्वजनिक लेखा समितिकाे निर्देशन

भाेलिबाट जारी गर्न लागेकाे हिमालयन रिको आईपीओ रोक्न सार्वजनिक लेखा समितिकाे निर्देशन : Icon Khabar

काठमाडौं, कात्तिक १९ । सार्वजनिक लेखा समितिले प्रिमियममा शेयर जारी गर्न लागेको हिमालयन रि इन्स्योरेन्सको आईपीओ निष्काशनमा रोक लगाएको छ । आर्थिक चलखेल गरेको भन्दै उजुरी परेपछि समितिले धितोपत्र बोर्डसँग तत्कालका लागि रोक लगाएको हो ।

कम्पनीलाई प्रिमियम मूल्यमा निष्काशन स्वीकृति दिएका आईपीओको सबै फाइल झिकाउन निर्देशन दिनुका साथै तत्काल कुनै पनि आईपीओ प्रिमियम मूल्यमा जारी नगर्न निर्देशन दिएको समितिका सभापति ऋषिकेश पोखरेलले बताए ।

एक हप्ताभित्र पत्रको जवाफसहित उपस्थित हुन बोर्डलाई समितिको निर्देशन छ । के को आधारमा प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिइयो यस विषय जवाफ दिन बोर्ड अध्यक्ष रमेश हमाल सहित बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसँग जवाफ माग गरेको पोखरेलले बताए ।

हिमालयन रिले चुक्ता पुँजीको ३ करोड कित्ता शेयर सर्वसाधारणलाई जारी गर्दैछ । जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका कामदारलाई यही कात्तिक २१ गतेबाट बिक्रीमा ल्याउने भएको हो । तर समितिको निर्देशपछि कम्पनीको आईपीओ केहि पछि धकेलिन सक्ने बुझिएको छ ।

Published Date: 05 November 2023
ताजा
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय