भाेलिबाट जारी गर्न लागेकाे हिमालयन रिको आईपीओ रोक्न सार्वजनिक लेखा समितिकाे निर्देशन

भाेलिबाट जारी गर्न लागेकाे हिमालयन रिको आईपीओ रोक्न सार्वजनिक लेखा समितिकाे निर्देशन : Icon Khabar

काठमाडौं, कात्तिक १९ । सार्वजनिक लेखा समितिले प्रिमियममा शेयर जारी गर्न लागेको हिमालयन रि इन्स्योरेन्सको आईपीओ निष्काशनमा रोक लगाएको छ । आर्थिक चलखेल गरेको भन्दै उजुरी परेपछि समितिले धितोपत्र बोर्डसँग तत्कालका लागि रोक लगाएको हो ।

कम्पनीलाई प्रिमियम मूल्यमा निष्काशन स्वीकृति दिएका आईपीओको सबै फाइल झिकाउन निर्देशन दिनुका साथै तत्काल कुनै पनि आईपीओ प्रिमियम मूल्यमा जारी नगर्न निर्देशन दिएको समितिका सभापति ऋषिकेश पोखरेलले बताए ।

एक हप्ताभित्र पत्रको जवाफसहित उपस्थित हुन बोर्डलाई समितिको निर्देशन छ । के को आधारमा प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिइयो यस विषय जवाफ दिन बोर्ड अध्यक्ष रमेश हमाल सहित बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसँग जवाफ माग गरेको पोखरेलले बताए ।

हिमालयन रिले चुक्ता पुँजीको ३ करोड कित्ता शेयर सर्वसाधारणलाई जारी गर्दैछ । जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका कामदारलाई यही कात्तिक २१ गतेबाट बिक्रीमा ल्याउने भएको हो । तर समितिको निर्देशपछि कम्पनीको आईपीओ केहि पछि धकेलिन सक्ने बुझिएको छ ।

Published Date: 05 November 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड