अन्तर्राष्ट्रिय पौडी महासंघका अध्यक्ष हुसेन मंगलबार नेपाल आउँदै

अन्तर्राष्ट्रिय पौडी महासंघका अध्यक्ष हुसेन मंगलबार नेपाल आउँदै : Icon Khabar

काठमाडौं, कात्तिक १९ । नेपाल पौडी संघको निमन्त्रणामा अन्तर्राष्ट्रिय पौडी महासंघ (वल्र्ड एक्वाटिक्स)का अध्यक्ष क्याप्टेन हुसेन अल मुसलम नेपाल भ्रमणमा आउँदै छन् ।

पौडी खेलको विकास र विस्तार गर्ने क्रममा विभिन्न देशको भ्रमणमा रहेका अध्यक्ष हुसेनले नेपालमा पौडी तथा एक्वाटिक्स खेलको विकासका बारेमा जानकारी लिने र पौडी तथा एक्वेटिक्स खेलको विकासलाई कसरी अझै अगाडी बढाउन सकिन्छ भन्ने बारेमा पौडी संघका पदाधिकारीहरु र सम्वन्धित संग छलफल गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष हुसेन यहि कार्तिक २१ गते मंगलबार विहान ८ बजे काठमाण्डौ अवतरण गर्ने कार्यक्रम रहेको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका छन् ।

अध्यक्ष हुसेनको भ्रमणले नेपालका पौडी खेल तथा त्यस संग सम्वन्धित अन्य खेलको विकासमा सहयोग पुग्ने अध्यक्ष बज्राचार्यले बताए ।

यसै क्रममा नेपालमा पौडी खेल लगायत एक्वाटिक्स खेलको विकासका लागि महासंघका कोचिङ्ग एडभाईजर जेम्स गिब्सन र मिस पर्निल ब्लुम (ओलम्पिक तथा वल्र्ड च्याम्पियन) पनि भोली सोमबार नेपाल आउँदैछन् । उनीहरु सोमबार विहान ८ बजे नेपाल आउने कार्यतालिका रहेको छ ।

उनीहरुले सोमबार र मंगलबार दुई दिन नेपालका पौडी प्रशिक्षकहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ । उक्त अवसरमा नेपाली प्रशिक्षकहरुलाई कोचिङ्ग स्किल डेभलपमेन्ट सम्वन्धि सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गर्ने छन् । सो कार्यक्रममा नेपालका प्रमुख पौडीवाजहरुले पनि सहभागिता जनाउने पौडी संघका अध्यक्ष बज्राचार्यले जानकारी गराए ।

Published Date: 05 November 2023
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय