सामाजिक सञ्जालमार्फत १९ लाख २५ हजार रुपियाँ ठगी गर्ने एक जना पक्राउ

सामाजिक सञ्जालमार्फत १९ लाख २५ हजार रुपियाँ ठगी गर्ने एक जना पक्राउ : Icon Khabar

काठमाडौं, कात्तिक १९ । सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम आइडी आदिमार्फत १९ लाख २५ हजार रुपियाँ ठगी गर्ने २३ वर्षीय शिरिष श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार श्रेष्ठले विभिन्न अनलाइन आइडीबाट साथी बनाइ माया प्रेमको प्रपञ्चमा पारी मिलियन डलर, आइफोन, घडी, गरगहना, ल्यापटप लगायतका सामानहरु गिफ्ट पठाएको फोटो, भिडियो पठाइ विश्वास दिलाएर केही समय पश्चात् सोही पार्सल टर्की विमानस्थल, काठमाडौंको अन्तराष्ट्रिय विमानस्थल लगायत देशका भन्सार कार्यालयहरुमा सामान आइपुगेको भन्दै सो पार्सल पाउन कष्टम चार्ज, डेलिभरी चार्ज, इन्सुरेन्स चार्ज जस्ता प्रयोजनमा रकम लिने गरेका थिए ।

यस्तै विविध प्रयोजनमा उनले विभिन्न व्यक्तिहरुको नाममा रहेका बैंक खातामा १९ लाख २५ हजार रुपियाँ रकम पठाउन लगाइ स्थायी घर मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. १५ भइ हाल काठमाडौं बस्ने श्रेष्ठलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 November 2023


ताजा
सोमबारको सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले बढ्यो
भावुक क्षण: राजु लामा र प्रशान्त तामाङकी छोरीबीच आत्मीय भेट
काठमाडौँ रानीवारिको एक घरबाट ५६ लाख ५० हजार बराबरको सुनका गहना चोरी
पाकिस्तानले गर्यो अफगानिस्तान सँगको सीमानामा हवाई हमला


ट्रेन्डिङ
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
किकम्पा मन्टेश्वरीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी