भक्तपुरमा कार्तिक २६ गते लक्ष्मीपूजा, २७ गते म्ह:पूजा र २८ गते भाईटिका मनाइने

भक्तपुरमा कार्तिक २६ गते लक्ष्मीपूजा, २७ गते म्ह:पूजा र २८ गते भाईटिका मनाइने : Icon Khabar

भक्तपुर, कार्तिक १९ । भक्तपुरमा आगामी कार्तिक २६ गते लक्ष्मीपूजा, २७ गते म्ह:पूजा र २८ गते भाईटिका मनाइने भएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा यस वर्षको तिहार (स्वन्ती) मनाउने विषयमा आइतबार तलेजुका पुजारी नाइकेहरू तथा ज्योतिष डा. वीरेन्द्रप्रसाद कायष्थ र ज्योतिष श्री केदारप्रसाद दैवज्ञसहितको उपस्थितिमा बैठक बसेर सो निर्णय गरेको हो ।

उक्त बैठकले तलेजुका पुजारी नाइकेहरूको सुझाव र तिथिअनुसार २०८० कार्तिक २६ गते अपरान्ह २ बजेर १४ मिनेटपछि औंसी लाग्ने हुँदा उक्त दिन साँझ लक्ष्मीपूजा गर्ने, कार्तिक २७ गते अपरान्ह २ बजेर ४१ मिनेटपछि परेवा प्रतिपदा तिथि सुरु हुने भएकोले उक्त दिन साँझ म्हः पूजा गर्ने र कार्तिक २८ गते अपरान्ह २ बजेर ३८ मिनेटमा द्वितीया तिथि लाग्ने भएकोले सो दिन किजापूजा गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
2
+1
1
Published Date: 05 November 2023
Website | + posts


ताजा
सरकार छोड्न कांग्रेसका नेता कार्यकर्ताको माग, गृहमन्त्रीको राजीनामा माग्दै बढाए दबाब
जेनजी प्रदर्शन : ट्रमामा थप दुईको मृत्यु, मृतकको संख्या १७ पुग्यो
निरन्तरजसाे नयाँ रेकर्ड बनाइरहेको सुन र चाँदीको मूल्य घट्यो
‘जेनजी’ पुस्ताको प्रदर्शनलाई कुलमानको पनि साथ, जनाए ऐक्यबद्धता


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु