भक्तपुरमा कार्तिक २६ गते लक्ष्मीपूजा, २७ गते म्ह:पूजा र २८ गते भाईटिका मनाइने

भक्तपुरमा कार्तिक २६ गते लक्ष्मीपूजा, २७ गते म्ह:पूजा र २८ गते भाईटिका मनाइने : Icon Khabar

भक्तपुर, कार्तिक १९ । भक्तपुरमा आगामी कार्तिक २६ गते लक्ष्मीपूजा, २७ गते म्ह:पूजा र २८ गते भाईटिका मनाइने भएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा यस वर्षको तिहार (स्वन्ती) मनाउने विषयमा आइतबार तलेजुका पुजारी नाइकेहरू तथा ज्योतिष डा. वीरेन्द्रप्रसाद कायष्थ र ज्योतिष श्री केदारप्रसाद दैवज्ञसहितको उपस्थितिमा बैठक बसेर सो निर्णय गरेको हो ।

उक्त बैठकले तलेजुका पुजारी नाइकेहरूको सुझाव र तिथिअनुसार २०८० कार्तिक २६ गते अपरान्ह २ बजेर १४ मिनेटपछि औंसी लाग्ने हुँदा उक्त दिन साँझ लक्ष्मीपूजा गर्ने, कार्तिक २७ गते अपरान्ह २ बजेर ४१ मिनेटपछि परेवा प्रतिपदा तिथि सुरु हुने भएकोले उक्त दिन साँझ म्हः पूजा गर्ने र कार्तिक २८ गते अपरान्ह २ बजेर ३८ मिनेटमा द्वितीया तिथि लाग्ने भएकोले सो दिन किजापूजा गर्ने निर्णय गरेको छ ।

Published Date: 05 November 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न