आइतबार थप २१.४६ अङ्कले ओरालो लाग्यो नेप्से

आइतबार थप २१.४६ अङ्कले ओरालो लाग्यो नेप्से : Icon Khabar

काठमाडौँ, कार्तिक १९ । आइतबार नेप्से परिसूचक २१.४६ अंक घटेर १८२६.२३ विन्दुमा झरेको छ। त्यसैगरी,  सेन्सेटिभ इण्डेक्स ५.३६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०९ अंक घटेको छ। आज २८९ स्टकको ३९ हजार ३२२ पटकको कारोबारमा ९७ करोड २३ लाख ६७ हजार रुपैयाँ बराबरको ३५ लाख ५८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन नबिल बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ४ करोड ६० लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन ग्लोबल आइएमई बैंक र एनआईसी एशिया बैंकको ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

आज ट्रेडिङ उपसूचक सर्वाधिक २.११ प्रतिशतले घट्दा विकास बैंक उपसूचक १.६४ प्रतिशतले घट्यो । यसैगरी बैंकिङ उपसूचक १.५ प्रतिशतले घट्दा म्यानुफ्याक्चरिङ उपसूचक १.३२ प्रतिशत, ननलाइफ १.१८, लगानी १.१६ प्रतिशतले, हाइड्रो उपसूचक १.११ प्रतिशत र फाइनान्स १.०८ अङ्कले घटे । आज होटल तथा पर्यटन उपसूचक मात्रै ०.३८ प्रतिशतले बढ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 November 2023
Website | + posts