रोहित र गुलशनको अर्धशतकमा नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

रोहित र गुलशनको अर्धशतकमा नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य : Icon Khabar

काठमाडौँ, कार्तिक १९ । कप्तान रोहितकुमार पौडेल र गुलशनकुमार झाको अर्धशतक प्रेरित नेपालले आईसीसी टी-२० विश्वकप एशिया छनोट फाइनलमा ओमानलाई १८५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहितकुमारले सर्वाधिक ५४ रन बनाए । २५ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे। रोहितले योसँगै टी२०आईमा पाँचौँ अर्धशतक पूरा गरे । ओमानविरुद्ध उनले ३६ बलमा ५ चौका र २ छक्कासहित ५१ रन बनाएका थिए। ३१ जनाअरी २०१९ मा यूएईविरुद्ध डेब्यू गरेका उनले ३३औँ इनिङ्समा पाँचौँ अर्धशतक पूरा गरेका हुन् । उनले यसअघि मलेसिया, मंगोलिया, माल्दिभ्स र यूएईविरुद्ध अर्धशतक प्रहार गरेका थिए । करण केसी ६ बलमा १ चौका र २ छक्कासहित २० रन बनाए ।

Published Date: 05 November 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर