रोहित र गुलशनको अर्धशतकमा नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

रोहित र गुलशनको अर्धशतकमा नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य : Icon Khabar

काठमाडौँ, कार्तिक १९ । कप्तान रोहितकुमार पौडेल र गुलशनकुमार झाको अर्धशतक प्रेरित नेपालले आईसीसी टी-२० विश्वकप एशिया छनोट फाइनलमा ओमानलाई १८५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहितकुमारले सर्वाधिक ५४ रन बनाए । २५ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे। रोहितले योसँगै टी२०आईमा पाँचौँ अर्धशतक पूरा गरे । ओमानविरुद्ध उनले ३६ बलमा ५ चौका र २ छक्कासहित ५१ रन बनाएका थिए। ३१ जनाअरी २०१९ मा यूएईविरुद्ध डेब्यू गरेका उनले ३३औँ इनिङ्समा पाँचौँ अर्धशतक पूरा गरेका हुन् । उनले यसअघि मलेसिया, मंगोलिया, माल्दिभ्स र यूएईविरुद्ध अर्धशतक प्रहार गरेका थिए । करण केसी ६ बलमा १ चौका र २ छक्कासहित २० रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 November 2023
Website | + posts