अहिले मन्त्रिपरिषद् बैठक बस्दै

अहिले मन्त्रिपरिषद् बैठक बस्दै : Icon Khabar

काठमाडौँ, कार्तिक १९ । अहिले मन्त्रिपरिषद् बैठक आज बस्दैछ। बैठकले भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिममा राहत दिने विषयमा छलफल र निर्णय गर्नेछ।

शनिबार प्रधानमन्त्री प्रचण्ड आफैं जाजरकोट र रूकुम पश्चिम पुगेर भूकम्पले पुर्‍याएको क्षति निरीक्षण गरी फर्किएका थिए।

प्रधानमन्त्री प्रचण्डले आजै बिहान ९ बजे बस्नेगरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाएको पनि प्रेस सल्लाहकार आचार्यले जानकारी दिए।

जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति ११ः४७ बजे गएको ६.४ म्याग्नेच्युडको भूकम्पले दुई जिल्लाका भौतिक संरचनाहरू नष्ट पारेको छ।

भूकम्पमा परी १५७ जनाले ज्यान गुमाएका छन् भने हजारौं घरविहीन भएका छन्। भूकम्पपीडितलाई राहत र पुनस्थापनाका लागि निर्णय गर्न बैठक बस्दैछ ।

Published Date: 05 November 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक