अहिले मन्त्रिपरिषद् बैठक बस्दै

अहिले मन्त्रिपरिषद् बैठक बस्दै : Icon Khabar

काठमाडौँ, कार्तिक १९ । अहिले मन्त्रिपरिषद् बैठक आज बस्दैछ। बैठकले भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिममा राहत दिने विषयमा छलफल र निर्णय गर्नेछ।

शनिबार प्रधानमन्त्री प्रचण्ड आफैं जाजरकोट र रूकुम पश्चिम पुगेर भूकम्पले पुर्‍याएको क्षति निरीक्षण गरी फर्किएका थिए।

प्रधानमन्त्री प्रचण्डले आजै बिहान ९ बजे बस्नेगरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाएको पनि प्रेस सल्लाहकार आचार्यले जानकारी दिए।

जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति ११ः४७ बजे गएको ६.४ म्याग्नेच्युडको भूकम्पले दुई जिल्लाका भौतिक संरचनाहरू नष्ट पारेको छ।

भूकम्पमा परी १५७ जनाले ज्यान गुमाएका छन् भने हजारौं घरविहीन भएका छन्। भूकम्पपीडितलाई राहत र पुनस्थापनाका लागि निर्णय गर्न बैठक बस्दैछ ।

Published Date: 05 November 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास