शनिबार इंग्लिस प्रिमियर लिगमा न्युकासलद्वारा आर्सनल १–० ले पराजित

शनिबार इंग्लिस प्रिमियर लिगमा न्युकासलद्वारा आर्सनल १–० ले पराजित : Icon Khabar

लन्डन, कार्तिक १९ । एन्थोनी गोर्डनले दोस्रो हाफमा गरेको विवादास्पद गोलको मदतले न्युकासल युनाइटेडले शनिबार इंग्लिस प्रिमियर लिगमा आर्सनललाई १–० ले हराएको छ । यसँगै लिगमा आर्सनलको अपराजित यात्रा समाप्त भएको छ । सेन्ट जेम्स पार्कमा भएको खेलमा गोर्डनले ६४ औं मिनेटमा गोल गरे ।

‘भार’ को मदतले त्यस गोलले मान्यता पाएको थियो । यो जितपछि न्युकासलको २० अंक भएको छ र छैटौं स्थानमा रह्यो । आर्सनल भने २४ अंकमा तेस्रो स्थानमा रह्यो । डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी २७ अंकमा शीर्ष स्थानमा छ । उसले अर्को खेलमा बर्नमाउथलाई सजिलै ६–१ ले हरायो ।

यस्तै अन्य खेलमा म्यानचेस्टर युनाइटेडले फुलहमलाई १–०, ब्रेन्टफोर्डले वेस्ट ह्यामलाई ३–२, क्रिस्टल प्यालेसले बर्नलीलाई २–० र सेफिल्ड युनाइटेडले उल्भ्सलाई २–१ ले हरायो । एभरटन र ब्राइटनले १–१ को बराबरी खेले ।

Published Date: 05 November 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक