श्रीमानको लागि ब्रत नबस्ने ५ भारतीय अभिनेत्री

श्रीमानको लागि ब्रत नबस्ने ५ भारतीय अभिनेत्री : Icon Khabar

मुम्बई, कार्तिक १६ । नेपाली महिलाहरुको महान् चाड तीज सकिएको एक महिना बितिसकेको छ । श्रीमानका लागि पानीसमेत नपिकन बसिने व्रत तीज जस्तै आज भारतका महिलाहरुले आफ्ना श्रीमानका लागि पानी पनि नपिकन करवा चौथको व्रत बसिरहेका छन् ।

विवाहित महिलाले आफ्ना श्रीमानको लामो आयूको लागि बस्ने यो व्रत बलिउड कलाकारहरु पनि बस्छन् । त्यसो त बलिउड कलाकार हरेक पर्व धुमधामका साथ मनाउँछन्, तर त्यस्ता केहि कलाकार पनि छन्, जो विवाहित भए पनि यो व्रत बस्दैनन् ।

दीपिका पादुकोण

दीपिका पादुकोण र रणवीर सिंहको विवाह सन् २०१८ मा भएको हो । विवाह भएको पाँच वर्षसम्म पनि दीपिकाले एक पटक पनि करवा चौथको व्रत बसेकी छैनन् ।

ट्विंकल खन्ना

अभिनेता अक्षय कुमारकी श्रीमती अभिनेत्री ट्विंकल खन्ना पनि आफ्ना श्रीमानका लागि करवा चौथको व्रत बस्दिनन् । ट्विंकल भन्छिन् – ‘श्रीमती भोकै बस्दैमा श्रीमानको उमेर बढ्दैन ।’ ट्विकंलले विभिन्न पटक यसबारेमा आफ्नो विचार व्यक्त गर्दै आएकी छिन् ।

सोनम कपूर

अभिनेत्री सोनम कपूर पनि आफ्ना श्रीमान् आनन्द आहूजाका लागि व्रत बस्दिनन् । सन् २०१८ मा वैवाहिक जीवनमा बाँधिएको यो जोडीले सामाजिक सञ्जालमा आफ्ना रोमान्टिक फोटोहरु शेयर गरिरहेका हुन्छन् ।

करीना कपूर

अभिनेत्री करीना कपूरले पनि श्रीमान् सैफ अली खानका लाग आजसम्म करवा चौथको व्रत बसेकी छैनन् । त्यसो त करीनाले हरेक चाडपर्व धुमधामका साथ मनाउँछिन्, तर करवा चौथबारे करीना भन्छिन् – ‘यो कस्तो मान्यता बोकेको पर्व हो, त्यो म बुझ्न सक्दिन ।’

हेमा मालिनी

बलिउड अभिनेत्री हेमा मालिनीले पनि श्रीमान् धमेन्द्रका लागि करवा चौथको व्रत बस्दिनन् । विवाह भएको ४३ वर्ष पुरा भइसकेको भएता पनि हेमाले कहिले पनि धमेन्द्रका लागि करवाचौथको व्रत बसिनन् । उनी भन्छिन् – ‘प्रेम मनमा हुन्छ ।’

Published Date: 02 November 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु