श्रीमानको लागि ब्रत नबस्ने ५ भारतीय अभिनेत्री

श्रीमानको लागि ब्रत नबस्ने ५ भारतीय अभिनेत्री : Icon Khabar

मुम्बई, कार्तिक १६ । नेपाली महिलाहरुको महान् चाड तीज सकिएको एक महिना बितिसकेको छ । श्रीमानका लागि पानीसमेत नपिकन बसिने व्रत तीज जस्तै आज भारतका महिलाहरुले आफ्ना श्रीमानका लागि पानी पनि नपिकन करवा चौथको व्रत बसिरहेका छन् ।

विवाहित महिलाले आफ्ना श्रीमानको लामो आयूको लागि बस्ने यो व्रत बलिउड कलाकारहरु पनि बस्छन् । त्यसो त बलिउड कलाकार हरेक पर्व धुमधामका साथ मनाउँछन्, तर त्यस्ता केहि कलाकार पनि छन्, जो विवाहित भए पनि यो व्रत बस्दैनन् ।

दीपिका पादुकोण

दीपिका पादुकोण र रणवीर सिंहको विवाह सन् २०१८ मा भएको हो । विवाह भएको पाँच वर्षसम्म पनि दीपिकाले एक पटक पनि करवा चौथको व्रत बसेकी छैनन् ।

ट्विंकल खन्ना

अभिनेता अक्षय कुमारकी श्रीमती अभिनेत्री ट्विंकल खन्ना पनि आफ्ना श्रीमानका लागि करवा चौथको व्रत बस्दिनन् । ट्विंकल भन्छिन् – ‘श्रीमती भोकै बस्दैमा श्रीमानको उमेर बढ्दैन ।’ ट्विकंलले विभिन्न पटक यसबारेमा आफ्नो विचार व्यक्त गर्दै आएकी छिन् ।

सोनम कपूर

अभिनेत्री सोनम कपूर पनि आफ्ना श्रीमान् आनन्द आहूजाका लागि व्रत बस्दिनन् । सन् २०१८ मा वैवाहिक जीवनमा बाँधिएको यो जोडीले सामाजिक सञ्जालमा आफ्ना रोमान्टिक फोटोहरु शेयर गरिरहेका हुन्छन् ।

करीना कपूर

अभिनेत्री करीना कपूरले पनि श्रीमान् सैफ अली खानका लाग आजसम्म करवा चौथको व्रत बसेकी छैनन् । त्यसो त करीनाले हरेक चाडपर्व धुमधामका साथ मनाउँछिन्, तर करवा चौथबारे करीना भन्छिन् – ‘यो कस्तो मान्यता बोकेको पर्व हो, त्यो म बुझ्न सक्दिन ।’

हेमा मालिनी

बलिउड अभिनेत्री हेमा मालिनीले पनि श्रीमान् धमेन्द्रका लागि करवा चौथको व्रत बस्दिनन् । विवाह भएको ४३ वर्ष पुरा भइसकेको भएता पनि हेमाले कहिले पनि धमेन्द्रका लागि करवाचौथको व्रत बसिनन् । उनी भन्छिन् – ‘प्रेम मनमा हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 November 2023
Website | + posts