रोकिएन नेप्सेको गिरावट, बिहीबार थप १०.८६ अङ्कले घट्यो बजार

रोकिएन नेप्सेको गिरावट, बिहीबार थप १०.८६ अङ्कले घट्यो बजार : Icon Khabar

काठमाडौं, कार्तिक १६ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १०.८६ अंक घटेर १८४७.७० विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८९ अंक घटेको छ।

घिल्लो कारोबारको दिन कुल ८१ करोड २० लाख ८९ हजार दुई सय ९१ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने बढेर ९६ करोड ४४ लाख ७७ हजार सात सय ११ रुपैयाँ पुगेको छ । बजार न्यून विन्दुमा पुग्दा खरिदकर्ताले बिस्तारै खरिद बढाउन थालेको देखिएको छ  ।

आज सर्वाधिक कमाउनेतर्फ चन्द्रागिरी हिल्स, हिमालयन लघुवित्त र सोल्टी होटल रहे । उक्त कम्पनीहरुको सेयर मूल्य ५ प्रतिशत कै हाराहारीमा वृद्धि भयो । आइतबार सर्वाधिक गुमाउने मध्ये सयपत्री हाइड्रो, रावा इनर्जी र बुद्धभूमि हाइड्रो रहे । ती कम्पनीको मूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।

आज होटल तथा पर्यटन उपसूचक सर्वाधिक ४.२७ प्रतिशतले बढ्दा म्यानुफ्याक्चरिङ उपसूचक ०.०७ प्रतिशतले बढ्यो । आज म्युचुअल फन्ड उपसमूह सर्वाधिक ४.६३ प्रतिशतले घट्दा ट्रेडिङ उपसूचक ३.०५ प्रतिशत, हाइड्रो उपसूचक १.१ प्रतिशत र फाइनान्स उपसूचक १.०५ अङ्कले घटे ।

दशैंको बिदा पछि आइतबार खुलेको बजारमा पाँच दिनमा ५७ अङ्कको गिरावट आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 November 2023
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान








ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट