रोकिएन नेप्सेको गिरावट, बिहीबार थप १०.८६ अङ्कले घट्यो बजार

रोकिएन नेप्सेको गिरावट, बिहीबार थप १०.८६ अङ्कले घट्यो बजार : Icon Khabar

काठमाडौं, कार्तिक १६ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १०.८६ अंक घटेर १८४७.७० विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८९ अंक घटेको छ।

घिल्लो कारोबारको दिन कुल ८१ करोड २० लाख ८९ हजार दुई सय ९१ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने बढेर ९६ करोड ४४ लाख ७७ हजार सात सय ११ रुपैयाँ पुगेको छ । बजार न्यून विन्दुमा पुग्दा खरिदकर्ताले बिस्तारै खरिद बढाउन थालेको देखिएको छ  ।

आज सर्वाधिक कमाउनेतर्फ चन्द्रागिरी हिल्स, हिमालयन लघुवित्त र सोल्टी होटल रहे । उक्त कम्पनीहरुको सेयर मूल्य ५ प्रतिशत कै हाराहारीमा वृद्धि भयो । आइतबार सर्वाधिक गुमाउने मध्ये सयपत्री हाइड्रो, रावा इनर्जी र बुद्धभूमि हाइड्रो रहे । ती कम्पनीको मूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।

आज होटल तथा पर्यटन उपसूचक सर्वाधिक ४.२७ प्रतिशतले बढ्दा म्यानुफ्याक्चरिङ उपसूचक ०.०७ प्रतिशतले बढ्यो । आज म्युचुअल फन्ड उपसमूह सर्वाधिक ४.६३ प्रतिशतले घट्दा ट्रेडिङ उपसूचक ३.०५ प्रतिशत, हाइड्रो उपसूचक १.१ प्रतिशत र फाइनान्स उपसूचक १.०५ अङ्कले घटे ।

दशैंको बिदा पछि आइतबार खुलेको बजारमा पाँच दिनमा ५७ अङ्कको गिरावट आइसकेको छ ।

Published Date: 02 November 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग