माओवादी केन्द्रका धिताल गण्डकी प्रदेशको सभामुख पदमा निर्वाचित

माओवादी केन्द्रका धिताल गण्डकी प्रदेशको सभामुख पदमा निर्वाचित : Icon Khabar

पोखरा, पुस ३०। नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य कृष्ण धिताल गण्डकी प्रदेशको सभामुख पदमा निर्वाचित भएका छन्। सत्तारुढ दलको भागबण्डामा मुख्यमन्त्री नेकपा एमालेलाई र सभामुख माओवादीलाई परेपछि धिताल निर्वाचित हुने पक्का थियो ।

माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठकै जोडबलमा टिकट पाएका धितालले जसरी पनि मन्त्री बन्न कसरत गरेका थिए । तर, माओवादी संसदीय दलले अनुभवी सांसदले प्रदेश सभाको नेतृत्व गर्नुपर्ने निर्णय गरेपछि सभामुखको उम्मेदवार बन्न पुगे ।

६० सदस्यीय प्रदेशसभामा उनले नेकपा एमालेका २१, माओवादीका ८, राप्रपाका २ र एक स्वतन्त्र सांसदको मत पाए । उनीसँग प्रतिस्पर्धा गरेकी नेपाली कांग्रेसकी सरस्वती अर्याल तिवारीले २६ मत पाइन् ।

Published Date: 14 January 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड