माओवादी केन्द्रका धिताल गण्डकी प्रदेशको सभामुख पदमा निर्वाचित

माओवादी केन्द्रका धिताल गण्डकी प्रदेशको सभामुख पदमा निर्वाचित : Icon Khabar

पोखरा, पुस ३०। नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य कृष्ण धिताल गण्डकी प्रदेशको सभामुख पदमा निर्वाचित भएका छन्। सत्तारुढ दलको भागबण्डामा मुख्यमन्त्री नेकपा एमालेलाई र सभामुख माओवादीलाई परेपछि धिताल निर्वाचित हुने पक्का थियो ।

माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठकै जोडबलमा टिकट पाएका धितालले जसरी पनि मन्त्री बन्न कसरत गरेका थिए । तर, माओवादी संसदीय दलले अनुभवी सांसदले प्रदेश सभाको नेतृत्व गर्नुपर्ने निर्णय गरेपछि सभामुखको उम्मेदवार बन्न पुगे ।

६० सदस्यीय प्रदेशसभामा उनले नेकपा एमालेका २१, माओवादीका ८, राप्रपाका २ र एक स्वतन्त्र सांसदको मत पाए । उनीसँग प्रतिस्पर्धा गरेकी नेपाली कांग्रेसकी सरस्वती अर्याल तिवारीले २६ मत पाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 January 2023
Website | + posts