आर्मीका सुविन र कास्कीकी दिलशा जुनियर च्याम्पियन

आर्मीका सुविन र कास्कीकी दिलशा जुनियर च्याम्पियन : Icon Khabar

काठमाण्डौ,पुष ३० । आर्मिका सुविन श्रेष्ठ र कास्कीकी दिलशा राना इनास अपी स्पोर्टस् जुनियर ब्याडमिन्ट च्याम्पियनसिमा उपाधी हात पार्दै च्याम्पियन बन्न सफल भएका छन् । यु–१५ छात्र तर्फ सुविनले धादिङ्गका अश्विन मगरलाई २१–१५, २१–१२ को सोझो सेटमा पराजित गर्दै उपाधी उचालेका हुन । यस्तै छात्रा तर्फ दिलशाले आर्मीकी रिहाना शेरचनलाई २१–१०, २१–१९ ले पराजित गर्दै उपाधी उचालेकी हुन् । छात्र तर्फ सूर्यदर्शनका अमन डङ्गोल र आर्मीका सुदेश राजकोटी संयुक्त तेश्रो भए । छात्रा तर्फ नेक्सस ईन्टरनेशनल स्कुलकी स्वर्लिन श्रेष्ठ र ईमाडोल ब्याडमिन्टनकी टिशा रानी शाक्य संयुक्त तेश्रो भए ।

योनेक्सको नेपालमा आधिकारीक विक्रेता इनास ईन्टरप्राईजेज र अपी स्पोर्टस् म्यानेजमेन्ट प्रा.लि.को संयुक्त आयोजनामा भएको च्याम्पियनसिपको यु–१३ छात्र तर्फ कैलालीका शिषिर रानाले जित हात पारे । उनले तनहुका सफल भुजेललाई २१–१४, २२–२० को सोझो सेटमा पराजित गर्दै उपाधी उचालेका हुन् । एपेक्स लाईट स्कुलका सुहम कार्की र ग्यालेक्सी स्कुलका रिशभ राई संयुक्त तेश्रो भए । यस्तै छात्रा तर्फ सेनाकी रिहान शेरचनले सेनाकै सम्बृद्धि श्रेष्ठलाई २१–१३, २१–७ ले पराजित गर्दै उपाधी उचालेकी हुन् । तेश्रो स्थानमा नेक्सस ईन्टरनेशनल स्कुलकी स्वर्लिन श्रेष्ठ र ईमाडोल ब्याडमिन्टनकी टिशा रानी शाक्य रहे ।

बशुन्धारास्थित जेष्ट ब्याडमिन्टन एकेडेमीमा भएको खेलको यु–११ छात्र तर्फ कैलालीका आदत्य चौधरी र छात्रा तर्फ कास्कीकी निभा राईले उपाधी उचाले । आदत्यले दीपक ब्याडमिन्टन एकेडेमीका दियोन भण्डारीलाई २१–१३, २१–१९ ले पराजित गरे । निभाले उपाधी उचाल्ने क्रममा दीपक ब्याडमिन्टन एकेडेमीका अश्मिता खत्रीलाई २१–१७, २१–१८ ले पराजित गरेकी हुन् । तेश्रो स्थानमा छात्र तर्फ इमाडोल ब्याडमिन्टनका प्रिन्स थापा मगर र प्रशान्त बुढाथोकी तथा छात्रा तर्फ सेनाका समृद्धि श्रेष्ठ र अजरेङ्का शेरचन रहे ।

बिजयी खेलाडीहरुल मेडल, ट्रफी प्रमाणपत्रका साथ यु– १५ तर्फ शिर्ष तीन स्थान प्राप्त खेलाडीले क्रमशः नगद १० हजार, ७ हजार र ५ हजार प्राप्त गरे । क्वाटरफाईनलिष्टले २ हजार ५ सय र प्रिक्वाटरफाईनलिष्टले १ हजार ५ सय प्राप्त गरे । यस्तै यु– १३ तर्फ प्रथमले ७ हजार, द्वितीयले ५ हजार, तृतीयले ३ हजार, क्वाटरफाईनलिष्टले २ हजार र प्रिक्वाटरफाईनलिष्टले १ हजार २ सय प्राप्त गरे । यु–११ तर्फ प्रथमले ४ हजार, द्वितीयले २ हजार, तृतीयले २ हजार, क्वाटरफाईनलिष्टले १ हजार ५ सय र प्रिक्वाटरफाईनलिष्टले १ हजार नगद प्राप्त गरे । यसका साथै इनासले विजयी खेलाडीहरुलाई योनेक्सका विभिन्न खेल सामाग्री प्रदान गरेको थियो ।

विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, बागमती खेलकुद परिषद्का सदस्य सचिव सूर्य भण्डारी, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, उपाध्यक्ष सुभाष श्रेष्ठ, सचिव नविन विक्रम शाह, इनास ईन्टरप्राईजेजका प्रोपाईटर राजु बास्तोला लगायतले पुरस्कार वितरण गरेका थिए ।च्याम्पियनसिपमा करिव १३९ खेलाडीहरुको सहभागिता रहेको थियो ।

Published Date: 14 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न