भक्तपुरको ऐतिहासिक रानी पोखरी (फोटो फिचर)

भक्तपुरको ऐतिहासिक रानी पोखरी (फोटो फिचर) : Icon Khabar
तस्बिर: किरण सुवाल

भक्तपुर, माघ १। भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीमा अवस्थित छ यस प्रसिद्द रानीपोखरी । नेपाल भाषामा यस पोखरीलाई न्हू पुखु: भनिन्छ। भक्तपुरको रानीपोखरी नेसं ७५० (विसं १६८७) मा तत्कालीन भक्तपुरका राजा जगज्योतिर्मल्लले बनाउन लगाएका हुन् । यस भेगका बृहत् खुला स्थानमा वा भनौं गढरूपको राजधानी सहरको पश्चिमपट्टिका गढपर्खाल र ढोकाबाहिरका नाकामा पहिले नै तीनवटा ठूला पोखरीहरू (इन्द्र दह/त:पुखु/सिद्धपोखरी : नेसं २३९/वि.सं.११७६), न:पुखु/गुह्यपोखरी नेसं २८९/विसं १२२६), भाज्या पुखु (सोह्रौं शताब्दीको पूर्वाद्र्ध इसं) बनिसकेका थिए ।

यसो हुँदा जगज्योतिर्मल्ललाई यहाँ पोखरी बनाउन ती पुराना सुन्दर भव्य पोखरीहरूले प्रेरित गरेको देखिन्छ । मल्लकालीन सहरी सुरक्षा वास्तुतिर दृष्टि दिँदा तत्कालीन समयमा सहर पस्ने, सहर बाहिर जाने पश्चिमतर्फका दुई मजबुत किल्लाका प्रवेशद्वारमध्ये भार्वाचोढोका समीपमा बनेको पोखरी ‘भाज्यापुख थियो भने इताछेंढोका समीपमा बनेको पोखरी ‘न:पुखु’ थियो ।

अचम्मको कुरा देखिन्छ भने न:पुखुको सीधा ठीक पश्चिममा त:पुखु र लगभग त:पुखुको पनि सीधा पश्चिममा उस्तै दूरीमा यो रानीपोखरी बनेको छ । रानीपोखरीको मध्यभागमा गाडिएको काष्ठस्तम्भमा सुनको वासुकिनाग पनि प्रतिष्ठापित थियो । यसरी समान दूरीमा रहेका यी तीन पोखरीका अवस्थानबारेमा विचार गर्दा रानीपोखरीको निर्माणले अन्य दुई पुराना पोखरीलाई समेत पूर्णता प्रदान गरेको प्रतीत हुन्छ । यसैकारण यो पोखरीलाई भक्तपुरको सांस्कृतिक जीवनले पश्चिमतर्फ फर्केको एक विशाल नागको शिर, त:पुखुलाई सो नागको शरीर र न:पुखुलाई सोही नागको पुच्छर भनी (मान्दै) आस्थाभाव प्रकट गर्दै आएको छ।

पछिल्लो समयमा भक्तपुर को रानीपोखरीको पुनर्निर्माण गरेर सर्वसाधारण को लागि खुल्ला गरेपछि हरेक दिन यस एतिहासिक पोखरीको अवलोकन गर्न धेरै मानिसहरुको उपस्थिति देख्न सकिन्छ। रानीपोखरी को संरक्षण अनि पुनर्निर्माण ले हराउन लागेको इतिहास फेरी जीवित तुल्याएक अनि वर्तमान पुस्ताले यस बारेमा थप जानकारी राख्ने मौका पनि पाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 January 2023
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने