भक्तपुरको ऐतिहासिक रानी पोखरी (फोटो फिचर)

भक्तपुरको ऐतिहासिक रानी पोखरी (फोटो फिचर) : Icon Khabar
तस्बिर: किरण सुवाल

भक्तपुर, माघ १। भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीमा अवस्थित छ यस प्रसिद्द रानीपोखरी । नेपाल भाषामा यस पोखरीलाई न्हू पुखु: भनिन्छ। भक्तपुरको रानीपोखरी नेसं ७५० (विसं १६८७) मा तत्कालीन भक्तपुरका राजा जगज्योतिर्मल्लले बनाउन लगाएका हुन् । यस भेगका बृहत् खुला स्थानमा वा भनौं गढरूपको राजधानी सहरको पश्चिमपट्टिका गढपर्खाल र ढोकाबाहिरका नाकामा पहिले नै तीनवटा ठूला पोखरीहरू (इन्द्र दह/त:पुखु/सिद्धपोखरी : नेसं २३९/वि.सं.११७६), न:पुखु/गुह्यपोखरी नेसं २८९/विसं १२२६), भाज्या पुखु (सोह्रौं शताब्दीको पूर्वाद्र्ध इसं) बनिसकेका थिए ।

यसो हुँदा जगज्योतिर्मल्ललाई यहाँ पोखरी बनाउन ती पुराना सुन्दर भव्य पोखरीहरूले प्रेरित गरेको देखिन्छ । मल्लकालीन सहरी सुरक्षा वास्तुतिर दृष्टि दिँदा तत्कालीन समयमा सहर पस्ने, सहर बाहिर जाने पश्चिमतर्फका दुई मजबुत किल्लाका प्रवेशद्वारमध्ये भार्वाचोढोका समीपमा बनेको पोखरी ‘भाज्यापुख थियो भने इताछेंढोका समीपमा बनेको पोखरी ‘न:पुखु’ थियो ।

अचम्मको कुरा देखिन्छ भने न:पुखुको सीधा ठीक पश्चिममा त:पुखु र लगभग त:पुखुको पनि सीधा पश्चिममा उस्तै दूरीमा यो रानीपोखरी बनेको छ । रानीपोखरीको मध्यभागमा गाडिएको काष्ठस्तम्भमा सुनको वासुकिनाग पनि प्रतिष्ठापित थियो । यसरी समान दूरीमा रहेका यी तीन पोखरीका अवस्थानबारेमा विचार गर्दा रानीपोखरीको निर्माणले अन्य दुई पुराना पोखरीलाई समेत पूर्णता प्रदान गरेको प्रतीत हुन्छ । यसैकारण यो पोखरीलाई भक्तपुरको सांस्कृतिक जीवनले पश्चिमतर्फ फर्केको एक विशाल नागको शिर, त:पुखुलाई सो नागको शरीर र न:पुखुलाई सोही नागको पुच्छर भनी (मान्दै) आस्थाभाव प्रकट गर्दै आएको छ।

पछिल्लो समयमा भक्तपुर को रानीपोखरीको पुनर्निर्माण गरेर सर्वसाधारण को लागि खुल्ला गरेपछि हरेक दिन यस एतिहासिक पोखरीको अवलोकन गर्न धेरै मानिसहरुको उपस्थिति देख्न सकिन्छ। रानीपोखरी को संरक्षण अनि पुनर्निर्माण ले हराउन लागेको इतिहास फेरी जीवित तुल्याएक अनि वर्तमान पुस्ताले यस बारेमा थप जानकारी राख्ने मौका पनि पाएको छ।

Published Date: 15 January 2023








ताजा
कटुन्जेको मनोरम स्कूलमा यहि वैशाख १२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ
मुगुको रारा ताल: प्रकृतिको अनुपम उपहार
तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह मातहतमै रहने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा