फेमिलियर अर्गानिक फार्म हाउसले (मौलिक भान्छाघर) माघी विशेष कार्यक्रम आयोजना  हुने

फेमिलियर अर्गानिक फार्म हाउसले (मौलिक भान्छाघर) माघी विशेष कार्यक्रम आयोजना  हुने : Icon Khabar

“बसे पनि शहर , गाउँ कैँ खाने रहर”
स्वादका लागी होइन ,स्वास्थ्यका लागी खाऔं”
भन्ने मूलनाराका साथ बुढानिलकण्ठ-१० कपन, आकासे धारा नजिक गैरिगाउँ वल्र्डमार्ट युनिक सोलुशन प्रालीद्धारा सञ्चालित फेमिलियर नमुना परियोजनाले¬ अर्गानिक फार्मिङ्ग, पशुपन्छी फार्म, प्रशोधन उद्योग तथा नयाँअवधारणामा ७५३ स्थानीयतहका स्थानीय कृषिजन्य तथा मौलिक उत्पादनको खरिद–बिक्री केन्द्र (मौलिकबजार) र विभिन्न जातजातीले मनाउने मौलिक चाडपर्व र परिकारहरुको प्रवर्दन गर्ने उद्देश्यले–हप्तामा ७ दिन,७ बार ,७ प्रदेश ,७ मौलिक परिकार,७ पंछी,७ स्वाद ,७ सस्कृती,७ पहिरन,सातै दिन साँँस्कृतिक साँँझ भन्ने मुलनाराका साथ भान्सामा सुधार अभियान – मौलिक भान्साघर संंञ्चालनमा छन् ।


आफ्नो जात धर्म अनुसार मनाइने मौलिक चाडपर्व र यसमा खाइने विशेष परिकारकोे महत्व बुझाउने उद्देश्यले जैविक विबिधता दिवसको अवसरमा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र,कृषि ज्ञान केन्द्र ललितपुर, राष्ट्रिय युवा परिषद, बुढानिलकण्ठ नगरपालिका र लघु घरेलु तथा सानाउद्योग प्रवद्र्धन केन्द्रको सहकार्यमा मौलिक भान्छाघरले भालि माघ १ गते देखी ७ गते सम्म –माघे संक्रान्ति बिशेष परिकारको साथै स्थानीय उत्पादनको महत्व सहित प्रवद्र्धन गर्न ५०० भन्दा बढी व्यक्तिलाई माघीको परिकारका स्वाद सँगै ७ प्रदेश,७ मौलिक परिकार र संस्कृति प्रवर्दन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको आयोजकले जनाएको छ ।।

माघे संक्रान्ति विशेष परिकारहरु
१ तिलको लड्डु,
२.चाकु
३. ध्यु र तरुल
४. खिचडी
५. मासको बारा
६.फापरको फुरौला
७. मार्सी चामलको कसार
८. सख्खरखड्डा, पिडालु,फर्सी

प्रदेश स्तरीय थप परिकारहरु
१.प्रदेश न १  (किनेमा र झ्याउ, (राई, लिम्बुको विशेष खाना)
२. मधेश प्रदेश ( भक्का (मधेशको विशेष खाना)
३. बागमति प्रदेश ( योमरि (नेवार जातीको विशेष खाना )
४. गण्डकी प्रदेश (खिर र सेल रोटि (क्षेत्री ब्राम्मण)
५. लुम्बिनी प्रदेश (खिचडि र ढिकृ, (थारु)
६. कर्णाली प्रदेश (मार्सि खाना सेट –कर्णालीप्रदेश
७. सुदुर पश्चिम प्रदेश

माघी विशेष कार्यक्रम भोलि माघ १ गतेदेखि ७ दिउसो १ बजे देखी ४ बजे सम्म मौलिक बजार तथा मौलिक भान्छा घरमा संचालन रहने जनाएको छ । साथै ७ दिनै कार्यक्रममा विभिन्न स्वदेशी उत्पादन र रैथाने परिकारको स्टल राखिने र खाना १ सेट निःशुल्क उपलब्ध बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 January 2023
Website | + posts