फेमिलियर अर्गानिक फार्म हाउसले (मौलिक भान्छाघर) माघी विशेष कार्यक्रम आयोजना  हुने

फेमिलियर अर्गानिक फार्म हाउसले (मौलिक भान्छाघर) माघी विशेष कार्यक्रम आयोजना  हुने : Icon Khabar

“बसे पनि शहर , गाउँ कैँ खाने रहर”
स्वादका लागी होइन ,स्वास्थ्यका लागी खाऔं”
भन्ने मूलनाराका साथ बुढानिलकण्ठ-१० कपन, आकासे धारा नजिक गैरिगाउँ वल्र्डमार्ट युनिक सोलुशन प्रालीद्धारा सञ्चालित फेमिलियर नमुना परियोजनाले¬ अर्गानिक फार्मिङ्ग, पशुपन्छी फार्म, प्रशोधन उद्योग तथा नयाँअवधारणामा ७५३ स्थानीयतहका स्थानीय कृषिजन्य तथा मौलिक उत्पादनको खरिद–बिक्री केन्द्र (मौलिकबजार) र विभिन्न जातजातीले मनाउने मौलिक चाडपर्व र परिकारहरुको प्रवर्दन गर्ने उद्देश्यले–हप्तामा ७ दिन,७ बार ,७ प्रदेश ,७ मौलिक परिकार,७ पंछी,७ स्वाद ,७ सस्कृती,७ पहिरन,सातै दिन साँँस्कृतिक साँँझ भन्ने मुलनाराका साथ भान्सामा सुधार अभियान – मौलिक भान्साघर संंञ्चालनमा छन् ।


आफ्नो जात धर्म अनुसार मनाइने मौलिक चाडपर्व र यसमा खाइने विशेष परिकारकोे महत्व बुझाउने उद्देश्यले जैविक विबिधता दिवसको अवसरमा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र,कृषि ज्ञान केन्द्र ललितपुर, राष्ट्रिय युवा परिषद, बुढानिलकण्ठ नगरपालिका र लघु घरेलु तथा सानाउद्योग प्रवद्र्धन केन्द्रको सहकार्यमा मौलिक भान्छाघरले भालि माघ १ गते देखी ७ गते सम्म –माघे संक्रान्ति बिशेष परिकारको साथै स्थानीय उत्पादनको महत्व सहित प्रवद्र्धन गर्न ५०० भन्दा बढी व्यक्तिलाई माघीको परिकारका स्वाद सँगै ७ प्रदेश,७ मौलिक परिकार र संस्कृति प्रवर्दन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको आयोजकले जनाएको छ ।।

माघे संक्रान्ति विशेष परिकारहरु
१ तिलको लड्डु,
२.चाकु
३. ध्यु र तरुल
४. खिचडी
५. मासको बारा
६.फापरको फुरौला
७. मार्सी चामलको कसार
८. सख्खरखड्डा, पिडालु,फर्सी

प्रदेश स्तरीय थप परिकारहरु
१.प्रदेश न १  (किनेमा र झ्याउ, (राई, लिम्बुको विशेष खाना)
२. मधेश प्रदेश ( भक्का (मधेशको विशेष खाना)
३. बागमति प्रदेश ( योमरि (नेवार जातीको विशेष खाना )
४. गण्डकी प्रदेश (खिर र सेल रोटि (क्षेत्री ब्राम्मण)
५. लुम्बिनी प्रदेश (खिचडि र ढिकृ, (थारु)
६. कर्णाली प्रदेश (मार्सि खाना सेट –कर्णालीप्रदेश
७. सुदुर पश्चिम प्रदेश

माघी विशेष कार्यक्रम भोलि माघ १ गतेदेखि ७ दिउसो १ बजे देखी ४ बजे सम्म मौलिक बजार तथा मौलिक भान्छा घरमा संचालन रहने जनाएको छ । साथै ७ दिनै कार्यक्रममा विभिन्न स्वदेशी उत्पादन र रैथाने परिकारको स्टल राखिने र खाना १ सेट निःशुल्क उपलब्ध बताएका छन ।

Published Date: 14 January 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड