प्रधानमन्त्री दाहालले लिए उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी

प्रधानमन्त्री दाहालले लिए उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी : Icon Khabar

काठमाडौं, कात्तिक ९ । प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

विरामी उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यलाभको कामना गर्न प्रधानमन्त्री दाहाल आज पुल्चोकस्थित मन्त्री निवास पुगेका हुन् । सो अवसरमा उनीहरुबीच समसामयिक विषयमा छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठलाई गत असोज १ गते चीन भ्रमणका क्रममा हृदयघात भएको थियो । बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा पाँच दिनसम्म उपचारपछि उनी बुधबार स्वदेश फर्किएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 October 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न