प्रधानमन्त्री दाहालले लिए उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी

प्रधानमन्त्री दाहालले लिए उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी : Icon Khabar

काठमाडौं, कात्तिक ९ । प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

विरामी उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यलाभको कामना गर्न प्रधानमन्त्री दाहाल आज पुल्चोकस्थित मन्त्री निवास पुगेका हुन् । सो अवसरमा उनीहरुबीच समसामयिक विषयमा छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठलाई गत असोज १ गते चीन भ्रमणका क्रममा हृदयघात भएको थियो । बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा पाँच दिनसम्म उपचारपछि उनी बुधबार स्वदेश फर्किएका हुन् ।

Published Date: 26 October 2023


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर