नेपाली पब्जी टिम ‘डीआरएस गेमिङ’ले पब्जी विश्वकप खेल्ने

नेपाली पब्जी टिम ‘डीआरएस गेमिङ’ले पब्जी विश्वकप खेल्ने : Icon Khabar

काठमाडौं, कार्तिक ८ । नेपाली पब्जी टिम ‘डीआरएस गेमिङ’ले पब्जी विश्वकप अर्थात् ‘पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२३’ खेल्ने भएको छ । पब्जी मोबाइलले आफ्नो फेसबुक पेज ‘पब्जी मोबाइल ई-स्पोर्ट्स’मा पोस्ट गर्दै नेपाली टिम ‘डीआरएस गेमिङ’ सहित युरोप क्षेत्रको टिम ‘जी ग्लाडिएटर्स’ले पब्जी विश्वकप खेल्ने जानकारी दिएको हो ।

उक्त पोस्टमा यि दुई टिमबाट राम्रो प्रदर्शन भइरहेकाले विशेष आमन्त्रण (Special Invite) गरिएको भनिएको छ । डीआरएस गेमिङले अब नोभेम्बर २ देखि डिसेम्बर १० सम्म चल्ने पब्जी विश्वकपमा प्रतिस्पर्धा गर्नेछ । डीआरएस गेमिङले पब्जी विश्वकपको लिग स्टेजबाट आफ्नो यात्रा सुरु गर्नेछ । यसभन्दा अघिको पब्जी विश्वकप अर्थात पीएमजीसी २०२२ मा ‘डीआरएस गेमिङ’ दोस्रो स्थानमा रहन सफल भएको थियो ।

‘डीआरएस गेमिङ’ सहितका नेपाली टिम केही समय अगाडि भएको ‘पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया च्याम्पियनशिप फल २०२३’ मा सोचे अनुरूप खेल्न नसक्दा पब्जी विश्वकपमा पुग्न असफल भएको थियो । ‘पीएमपीएल साउथ एसिया च्याम्पियनशिप फल २०२३’ को फाइनलमा डीआरएस गेमिङले १० औँ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

Published Date: 25 October 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग