नेपाली पब्जी टिम ‘डीआरएस गेमिङ’ले पब्जी विश्वकप खेल्ने

नेपाली पब्जी टिम ‘डीआरएस गेमिङ’ले पब्जी विश्वकप खेल्ने : Icon Khabar

काठमाडौं, कार्तिक ८ । नेपाली पब्जी टिम ‘डीआरएस गेमिङ’ले पब्जी विश्वकप अर्थात् ‘पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२३’ खेल्ने भएको छ । पब्जी मोबाइलले आफ्नो फेसबुक पेज ‘पब्जी मोबाइल ई-स्पोर्ट्स’मा पोस्ट गर्दै नेपाली टिम ‘डीआरएस गेमिङ’ सहित युरोप क्षेत्रको टिम ‘जी ग्लाडिएटर्स’ले पब्जी विश्वकप खेल्ने जानकारी दिएको हो ।

उक्त पोस्टमा यि दुई टिमबाट राम्रो प्रदर्शन भइरहेकाले विशेष आमन्त्रण (Special Invite) गरिएको भनिएको छ । डीआरएस गेमिङले अब नोभेम्बर २ देखि डिसेम्बर १० सम्म चल्ने पब्जी विश्वकपमा प्रतिस्पर्धा गर्नेछ । डीआरएस गेमिङले पब्जी विश्वकपको लिग स्टेजबाट आफ्नो यात्रा सुरु गर्नेछ । यसभन्दा अघिको पब्जी विश्वकप अर्थात पीएमजीसी २०२२ मा ‘डीआरएस गेमिङ’ दोस्रो स्थानमा रहन सफल भएको थियो ।

‘डीआरएस गेमिङ’ सहितका नेपाली टिम केही समय अगाडि भएको ‘पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया च्याम्पियनशिप फल २०२३’ मा सोचे अनुरूप खेल्न नसक्दा पब्जी विश्वकपमा पुग्न असफल भएको थियो । ‘पीएमपीएल साउथ एसिया च्याम्पियनशिप फल २०२३’ को फाइनलमा डीआरएस गेमिङले १० औँ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 October 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने