मंगलबार राति भक्तपुरमा पायो न्हयाकिगु जात्रा सम्पन्न

मंगलबार राति भक्तपुरमा पायो न्हयाकिगु जात्रा सम्पन्न : Icon Khabar
फाइल फोटो

भक्तपुर, कार्तिक ८ । दसैंको टीकाको दिन गए राति भक्तपुरमा पायो न्य्हाकिगु जात्रा अर्थात तलेजु भवानीको बाहन सेतो घोडे जात्रा मनाइएको छ। प्रत्येक वर्ष दसैंको टीका अर्थात दशमीको रातिदेखि मनाइने भक्तपुर तलेजु भवानीको वाहन सेतो घोडा जात्रा हिजो सम्पन्न भएको हो।

नेपाल संवत् ४४३ पौषशुक्लको दिन तलेजु भवानीको आगमन भएदेखि नै यो जात्रा सुरू भएको हो। विजयादशमीको राति तलेजु भवानीमा तलेजुका चार मूल नाइकेहरू आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरूप कालरात्रि पूजा, टीका साइत पूजा र विसर्जन पूजा सम्पन्न गरेपछि रातिबाट सेतो घोडा जात्रा सुरु गरी सहर परिक्रमा गरिने प्रचलन रहेको जोशीले बताए।

तलेजुका मूल नाइके जोशीका अनुसार महिषासुर दानवमाथि विजय हासिल गरेपछि तलेजुले आफ्नो बाहन सेतो घोडामा सिङ्गारिएर तलेजु भवानी खुसियाली मनाउन नगर परिक्रमा गरेको भन्ने जनविश्वास छ।

जात्रा सुरू हुनुअघि सेतो घोडालाई एउटा भेडा बलि चढाइन्छ। विजयादशमी एक दिन चन्द्रमासको गतिअनुसार तलेजु भवानीको मन्दिरमा नवदुर्गा भवानीलाई खड्ग अर्थात पायःदयो प्रदान गरी जात्रा गरिन्छ। यसैलाई खड्ग अर्थात पायःद्यो जात्रा भन्ने गरिन्छ।

राति तलेजुबाट बाजागाजासहित सेतो घोडा निकालिन्छ। उक्त घोडाको पछाडि तलेजु भवानी ल्याइन्छ भने तलेजु भवानीको पछाडि नवदुर्गा भवानी गण ल्याउने गरिन्छ। सेतो घोडा तलेजु भवानीको बाहन भएकाले तलेजु भवानीको अगाडि यो घोडा ल्याउने चलन छ।

खड्ग जात्रा गरी दरबार क्षेत्र र नगरका अन्य क्षेत्रमा घोडा, तलेजु भवानी र नवदुर्गा गण परिक्रमा गराइन्छ। त्यसैगरी सोही दिन नवदुर्गा देवगणहरुले तलेजुको जमदार चोकमा तलेजु भवानीलाई ढोग गरिन्छ। प्रत्येक वर्षको विजयादशमीको राति ज्योतिषीले चन्द्रमाको गतिअनुसार थाः न्ह्यायेगु (माथि सवारी हुने) वा क्वः न्ह्यायेगु (तल सवारी) हुने निर्णय पहिले नै भएअनुसार तलेजु भवानीको जात्रा अगाडि सेतो घोडाको जात्रा हुन्छ।

देवतासहित नगरको मथिल्लो भेगमा घोडालाई लैजादा दरबार क्षेत्रबाट दत्तात्रय, तौमढीहुँदै नारायणचोकसम्म माथिल्लो भेगको परिक्रमा गरी गहिटीस्थित सांभुङ्ग भैरवबाटै दरवार स्क्वायर पुर्यान्छ भने तल्लो भेगको परिक्रमा गर्दा दरबार क्षेत्रबाट भार्वाचो, वंशगोपाल, भूजिकोखा, नारायणचोक गहिती स्थित सांभुङ्ग भैरवबाटै दरबार स्क्वायर पुर्याउने परम्परा छ।

भक्तपुर नगरको पूर्वतर्फ विराजमान ब्रह्मायणी देवीको वाहन पनि सेतो घोडा नै भएकाले जात्रा मनाउदा तलेजु भवानीको सेतो घोडा ब्रह्मायणी देवीले आफ्नो बाहन हो भनी लैजान्छिन् भन्ने मान्यता अनुसार जात्रा तचपालबाटै तलतिर फर्काउने प्रचलन छ। घोडालाई दरबार क्षेत्रको तलेजुको सुनको ढोका अगाडि सेतो घोडा तीन पटक ओहोरदोहोर गराइन्छ।

Published Date: 25 October 2023


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु