चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई ह्दयघात

चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई ह्दयघात : Icon Khabar

काठमाडौं, कार्तिक २ । बीआरआई सम्मेलनमा भाग लिन चीन पुगेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।

आज बिहान अचानक छाती दुखेपछि उनी बेइजिङिस्थत अस्पतालमा भर्ना भएका हुन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएको जनाइएको छ । श्रेष्ठलाई गए राति नर्मल खालको हृदयघात भएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए ।

उनको छातीमा समस्या भएपछि अस्पताल लगिएकामा चिकित्सकले सामान्य ‘हर्ट अट्याक’ भएको बताएका थिए । श्रेष्ठको बेइजिङस्थित ‘पेकिङ युनिभर्सिटी हस्पिटल एण्ड रिसर्च सेन्टर’ मा उपचार भइरहेको छ । श्रेष्ठको अवस्था सामान्य रहेको बताइएको छ । तेस्रो ‘बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बेइजिङ पुगेका श्रेष्ठ शुक्रबार नेपाल फर्किने कार्यक्रम छ ।
Published Date: 19 October 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास