चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई ह्दयघात

चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई ह्दयघात : Icon Khabar

काठमाडौं, कार्तिक २ । बीआरआई सम्मेलनमा भाग लिन चीन पुगेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।

आज बिहान अचानक छाती दुखेपछि उनी बेइजिङिस्थत अस्पतालमा भर्ना भएका हुन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएको जनाइएको छ । श्रेष्ठलाई गए राति नर्मल खालको हृदयघात भएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए ।

उनको छातीमा समस्या भएपछि अस्पताल लगिएकामा चिकित्सकले सामान्य ‘हर्ट अट्याक’ भएको बताएका थिए । श्रेष्ठको बेइजिङस्थित ‘पेकिङ युनिभर्सिटी हस्पिटल एण्ड रिसर्च सेन्टर’ मा उपचार भइरहेको छ । श्रेष्ठको अवस्था सामान्य रहेको बताइएको छ । तेस्रो ‘बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बेइजिङ पुगेका श्रेष्ठ शुक्रबार नेपाल फर्किने कार्यक्रम छ ।
Published Date: 19 October 2023


















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक