ख्वप अस्पतालले अँध्यारो रातमा चम्किलो बत्तीको रुपमा काम गरिरहेको छ : अध्यक्ष बिजुक्छेँ

ख्वप अस्पतालले अँध्यारो रातमा चम्किलो बत्तीको रुपमा काम गरिरहेको छ : अध्यक्ष बिजुक्छेँ : Icon Khabar

भक्तपुर, असोज २६ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायण्मान बिजुक्छेँ (रोहित)ले ख्वप अस्पतालले अहिले अँध्यारो रातमा चम्किलो बत्तिको रुपमा काम गरिरहेको बताउँदै शिक्षामा जस्तै स्वास्थ्य क्षेत्रमा पनि गुणस्तरीय काम हुने अपेक्षा जनताको रहेको बताएका छन् ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँगको साक्षात्कार कार्यक्रममा बोल्दै उनले जनताको विश्वासकै कारण आज ख्वप अस्पताल सञ्चालन र व्यवस्थापनमा सहजता निम्तिएको बताए ।

अस्पतालमा बिरामीहरुको चाप बढेसँगै सेवा प्रवाहमा केही असहज परिस्थिति निम्तिन सक्ने बताउँदै अध्यक्ष बिजुक्छेँले चिकित्सक, कर्मचारीबीच अस्पतालको विषयमा बरोबर बैठक र छलफल राख्नुपर्ने र सुविधाहरु थप्दै लानेतर्फ व्यवस्थापन समिति क्रियाशील हुनुपर्ने बताए ।

जनताको विश्वासअनुसारको सेवा हामीले दिन सकेनौं भने जनतामा अस्पतालको सेवाप्रति नैराश्यता छाउन सकिने बताउँदै उनले चिकित्सक कर्मचारीहरुले अस्पताल र जनताबीचको पुलको रुपमा काम गर्नु अझ प्रभावकारी हुने बताए ।

जनताको सांस्कृतिक स्तरअनुसारको व्यवहार र भाषा प्रयोगमा विशेष ध्यान पुर्याउनुपर्ने भन्दै उनले अस्पतालमा कार्यरत कर्मचारी र नर्सहरुलाई समयसापेक्ष तालिमहरु सञ्चालनमा पनि जोड दिनुपर्ने बताए ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चिकित्सकहरुको ससानो गल्तीले ठूलो दुर्घटना निम्तिन सक्नेतर्फ सचेत पार्दै ख्वप अस्पताल नयाँ अस्पताल र नयाँ अनुभव बोकेको अस्पताल भएको हुँदा संवेदनशील भएर काम गर्नुपर्नेमा जोडदिए ।

ख्वप अस्पतालले प्रगतिउन्मुख भएर काम गरिरहेको हुँदा चिकित्सक र कर्मचारीहरुबीच समन्वयात्मक ढंगले काम गर्न मार्गनिर्देश गर्दै उहाँले ख्वप अस्पताल जनताको अस्पताल हो र जनताको निम्ति खोलिएको समेत बताए ।

सार्वजनिक अस्पतालमा राम्रोसँग सेवा दिए जनतालाई फाइदा पुग्ने बताउँदै उनले ख्वप अस्पताल राम्रो हुनु भक्तपुरबासीहरुकै निम्ति गौरवको विषय हुने बताए ।

कार्यक्रममा ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवाले चिकित्सक र स्वास्थ्यकर्मीहरूले पेशागत काम बाहेक पनि राष्ट्रिय अन्तर्राष्ट्रिय परिघटनाहरुबारे पनि जानकार हुनुपर्ने बताउँदै ख्वप अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुबाट जनताले धेरै अपेक्षा राखेको हुँदा जनताको भावनाअनुसार काम गर्न प्रेरित हुनुपर्ने बताए ।

Published Date: 13 October 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २२ गते आइतबार
भक्तपुरमा बिस्का जात्राको तयारी तीव्र, कडा सुरक्षा व्यवस्था लागू हुने
आइतबार नेप्से परिसूचक १०५.५० अंकले घट्यो
सरकारले करिब २७ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता