भीम आदर्शमा छात्रवृत्ति तथा शुभकामना आदानप्रदान

भीम आदर्शमा छात्रवृत्ति तथा शुभकामना आदानप्रदान : Icon Khabar

भक्तपुर, असोज २६ । भीम आदर्श आधारभूत विद्यालय लिवाली ८ मा शुक्रबार एक कार्यक्रमका बीच छात्रवृत्ति तथा शुभकामना आदानप्रदान गरियो ।

सोही कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ८ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्णप्रसाद कोजूले दशैंको समयमा खानपान र सरसफाईमा चनाखो भएर आफ्नो स्वास्थ्यलाई विशेष ध्यान दिनुपर्ने बताउँदै विद्यार्थीहरुको सिकाई र व्यवहारप्रति अभिभावकले विद्यालयमा समयसमयमा शिक्षकहरुसँग सल्लाह र परामर्श गर्नुपर्ने बताए ।

उनले अभिभावकको सहजताको लागि मोबाइल फोन बालबालिकालाई दिँदा तिनीहरुको भविष्यमाथि खेलबाड गरिरहेको बताउँदै विद्यार्थीहरुको शारीरिक खेलकुद क्षमता र सीपको विकासका लागि भक्तपुर नगरपालिकाले संचालन गरिरहेको व्याडमिन्टन, टेबलटेनिस तथा उसु लगायत विभिन्न खेलहरुको तालिम संचालन बारे जानकारी दिए ।

सोही कार्यक्रमको सभापति तथा विद्यालयका प्रअ दीपक माकले विद्यालयको भौतिक अवस्था र शैक्षिक वातावरण सुधार भइरहेको जानकारी दिँदै विद्यार्थीहरुको शैक्षिक उपलब्धीहरुलाई आफै सिक्न अभिप्रेरित गर्ने अभियानमा शिक्षक, विद्यालय र अभिभावकको महत्वपूर्ण भूमिका रहेको बताए ।

उनले विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुले अन्य विद्यालयमा उच्चतम अंक वा ग्रेडका साथ उच्चशिक्षामा राम्रो गरिरहेको बताए ।

सोही कार्यक्रम विद्यालयका शिक्षकद्वय रजनी कर्माचार्य तथा सत्यराम कासिछ्वा लगायत विद्यालयका विद्यार्थी खशी लामाले दशैंको अवसरमा शुभकामना दिए ।

Exif_JPEG_420

उक्त कार्यक्रममा नेपाल सरकार द्वारा प्रदान गरिएको छात्रा छात्रवृत्तिमा विद्यालयमा अध्ययनरत १७ जना छात्राहरु र ४ जनालाई दलित छात्रवृत्ति भक्तपुर नगरपालिकाका वडा नं ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजूले वितरण गरेका थिए ।

सोही कार्यक्रममा २०७४ सालको वार्षिक परीक्षा कक्षा ७ उत्तीर्ण गरी बागिश्वरी माविमा निरन्तर अध्ययन गरेर कक्षा १२ मा उच्च ग्रेडमा उतीर्ण पूर्व विद्यार्थी सनिल सिजख्वलाई विद्यालयका प्रअ दीपक माकले पुरस्कार सहित सम्मान गरेको थियो ।

दशैं शुभकामना प्रदानप्रदान गरिएको सोही कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।

Published Date: 13 October 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक