करिब ११ लाख मानिसलाई २४ घण्टाभित्र गाजा छाड्न इजरायली सेनाको निर्देशन

करिब ११ लाख मानिसलाई २४ घण्टाभित्र गाजा छाड्न इजरायली सेनाको निर्देशन : Icon Khabar

काठमाडौँ, असोज २६ । इजरायली डिफेन्स फोर्स(आईडीएफ) ले उत्तरी गाजाका करिब ११ लाख मानिसलाई २४ घण्टाभित्र दक्षिणतर्फ जान भनेको छ । हमासविरुद्ध जवाफी कारबाही बढेको उल्लेख गर्दै आईडीएफले उनीहरूलाई दक्षिण गाजामा जान भनेको हो ।

संयुक्त राष्ट्र संघका अनुसार यो संख्या पूरा गाजामा रहेका बासिन्दाको लगभग आधा हो । पूरै गाजमा २० लाखभन्दा बढी मानिसको बसोबास रहेको छ । संयुक्त राष्ट्र संघले यति ठूलो संख्यामा दक्षिणी गाजा जान सहज नभएको बताएको छ । उनीहरू आक्रमणमा पर्न सक्नेसमेत राष्ट्र संघले जनाएको छ । राष्ट्र संघका अनुसार गाजामा ३ लाख ४० हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।

इजरायली सेनाले भने हमासविरुद्ध जमिनी आक्रमणलाई बढाउने चेतावनी दिएको छ । आईडीएफका प्रवक्ता डानियल हगारीले ११ लाख मानिसलाई सार्न समय लाग्ने कुरा आफूहरूलाई राम्रोसँग थाहा भएको बताएका छन् ।

‘यो युद्धक्षेत्र हो । हामी उनीहरूलाई समय दिन खोजिरहेका छौँ । हामीलाई थाहा छ कि यसका लागि २४ घण्टाभन्दा बढी समय लाग्दैन,’ बीबीसीसँगको कुराकानीमा प्रवक्ता हगारीले भनेका छन् । हमासले भने इजरायली सेनाको निर्देशनलाई बेवास्ता गर्न गाजाका बासिन्दालाई आग्रह गरेको टाइम्स अफ इजरायलले जनाएको छ । आईडीएफका प्रवक्ता हगारीले गाजाका मानिस सुरक्षित स्थानमा नगए त्यसबाट आउने परिस्थितिको जिम्मेवार हमास नै हुने जनाएका छन् ।

यसैबीच हमासले आफ्नो कब्जामा रहेका १३ जना सर्वसाधारण इजरायली सेनाको आक्रमणमा मारिएको जनाएको छ । मारिनेमा केही विदेशी नागरिकसमेत रहेको जनाए पनि विस्तृत जानकारी भने सार्वजनिक गरेको छैन । हमासले टेलिग्राममा इजरायली आक्रमणमा ‘१३ जना इजरायली बन्दी’ मारिएको बताएको हो ।

हमासले १५० भन्दा बढीलाई बन्धक बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । हमासको आक्रमणमा १३ सयभन्दा बढीको मृत्यु भएको छ भने इजरायली आक्रमणमा १४ सयभन्दा प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । हमासको आक्रमणमा परी १० नेपाली नागरिकको समेत मृत्यु भएको छ ।

Published Date: 13 October 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक