करिब ११ लाख मानिसलाई २४ घण्टाभित्र गाजा छाड्न इजरायली सेनाको निर्देशन

करिब ११ लाख मानिसलाई २४ घण्टाभित्र गाजा छाड्न इजरायली सेनाको निर्देशन : Icon Khabar

काठमाडौँ, असोज २६ । इजरायली डिफेन्स फोर्स(आईडीएफ) ले उत्तरी गाजाका करिब ११ लाख मानिसलाई २४ घण्टाभित्र दक्षिणतर्फ जान भनेको छ । हमासविरुद्ध जवाफी कारबाही बढेको उल्लेख गर्दै आईडीएफले उनीहरूलाई दक्षिण गाजामा जान भनेको हो ।

संयुक्त राष्ट्र संघका अनुसार यो संख्या पूरा गाजामा रहेका बासिन्दाको लगभग आधा हो । पूरै गाजमा २० लाखभन्दा बढी मानिसको बसोबास रहेको छ । संयुक्त राष्ट्र संघले यति ठूलो संख्यामा दक्षिणी गाजा जान सहज नभएको बताएको छ । उनीहरू आक्रमणमा पर्न सक्नेसमेत राष्ट्र संघले जनाएको छ । राष्ट्र संघका अनुसार गाजामा ३ लाख ४० हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।

इजरायली सेनाले भने हमासविरुद्ध जमिनी आक्रमणलाई बढाउने चेतावनी दिएको छ । आईडीएफका प्रवक्ता डानियल हगारीले ११ लाख मानिसलाई सार्न समय लाग्ने कुरा आफूहरूलाई राम्रोसँग थाहा भएको बताएका छन् ।

‘यो युद्धक्षेत्र हो । हामी उनीहरूलाई समय दिन खोजिरहेका छौँ । हामीलाई थाहा छ कि यसका लागि २४ घण्टाभन्दा बढी समय लाग्दैन,’ बीबीसीसँगको कुराकानीमा प्रवक्ता हगारीले भनेका छन् । हमासले भने इजरायली सेनाको निर्देशनलाई बेवास्ता गर्न गाजाका बासिन्दालाई आग्रह गरेको टाइम्स अफ इजरायलले जनाएको छ । आईडीएफका प्रवक्ता हगारीले गाजाका मानिस सुरक्षित स्थानमा नगए त्यसबाट आउने परिस्थितिको जिम्मेवार हमास नै हुने जनाएका छन् ।

यसैबीच हमासले आफ्नो कब्जामा रहेका १३ जना सर्वसाधारण इजरायली सेनाको आक्रमणमा मारिएको जनाएको छ । मारिनेमा केही विदेशी नागरिकसमेत रहेको जनाए पनि विस्तृत जानकारी भने सार्वजनिक गरेको छैन । हमासले टेलिग्राममा इजरायली आक्रमणमा ‘१३ जना इजरायली बन्दी’ मारिएको बताएको हो ।

हमासले १५० भन्दा बढीलाई बन्धक बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । हमासको आक्रमणमा १३ सयभन्दा बढीको मृत्यु भएको छ भने इजरायली आक्रमणमा १४ सयभन्दा प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । हमासको आक्रमणमा परी १० नेपाली नागरिकको समेत मृत्यु भएको छ ।

Published Date: 13 October 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २२ गते आइतबार
भक्तपुरमा बिस्का जात्राको तयारी तीव्र, कडा सुरक्षा व्यवस्था लागू हुने
आइतबार नेप्से परिसूचक १०५.५० अंकले घट्यो
सरकारले करिब २७ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता