सरकार र स्थानीय तहका कर्मचारीबीच वार्ता जारी

सरकार र स्थानीय तहका कर्मचारीबीच वार्ता जारी : Icon Khabar

काठमाडौं, असोज २६ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दोस्रो दिन पनि स्थानीय तहका कर्मचारीसँग वार्ता गरिरहेको छ ।

बिहीबार मन्त्रालयमा ५ बुँदामा छलफल गरेर स्थगित भएको वार्ता फेरी हुन थालेको हो ।

स्थानीय तह कर्मचारी केन्द्रिय संघर्ष समिति र निजामती कर्मचारी संगठनका प्रतिनिधिसँग मन्त्रालयका प्रवक्ता रहेका सहसचिव कमल प्रसाद भट्टराईको संयोजकत्वमा ४ सदस्ययी टोलीले बुँदागत रुपमा छलफल गरिरहेको हो ।

मन्त्रालयका सहसचिव नारायण अर्याल, कानुनका उपसचिव टंकबहादुर महत र प्रशासनका उपसचिव खिलराज राई मन्त्रालयको तर्फबाट वार्तामा सहभागी छन् भने निजामती कर्मचारी संगठनका ५ जना र स्थानीय तह कर्मचारी संघर्ष समितिको तर्फबाट ५ जना वार्तामा सहभागी छन् ।

बिहीबार राति अबेरसम्म ५ वटा बुँदामा छलफल भए पनि निर्णय भने हुन सकेको थिएनन् । स्थानीय तहका कर्मचारीको अन्तर तह सरुवा, समायोजन पुनरावलोकन, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, कर्मचारीको परिभाषा र नामको विषमा छलफल भएको थियो ।

स्थानीय तह कर्मचारी केन्द्रिय संघर्ष समितिका महासचिव विजय कुमार देवकोटाका २० बुँदा मध्ये आज अन्य बुँदामा छलफल भइरहेको छ ।

स्थानीय तहका कर्मचारीहरुले आन्दोलन र वार्ता दुवै समानन्तर गरिरहने बताएका छन् । स्थानीय तहबाट हुने अत्यावश्यक बाहेक सबै काम ठप्प पारेर कर्मचारी आन्दोलित हुँदा देशभरमा सेवा प्रभावित भएको छ ।

Published Date: 13 October 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक