भक्तपुरमा राजा जगत प्रकाश मल्लले प्रचलनमा ल्याएको “या:मता” बारे एक प्रसंग

भक्तपुरमा राजा जगत प्रकाश मल्लले प्रचलनमा ल्याएको “या:मता” बारे एक प्रसंग : Icon Khabar

काठमाडौँ, असोज १५ । येँया जात्रा अर्थात इन्द्रजात्राको दिन भक्तपुरमा त्रिशुल आकारको बत्ति ल्याउने गर्दछ । जसलाई या:मता भनिन्छ ।

या:मता राजा जगत प्रकाश मल्लको पाला देखि मानन्धर समुदायले ल्याउने प्रचलन चलिआइरहेको हो ।

या:मतालाई बत्तिदानको रुपमा पनि लिने गर्दछ । यसरी बत्ति दान गर्दा आयु वृद्धि, बुद्धिको वृद्धि र चेतनाको वृद्धि हुन्छ भन्ने जनविश्वास रहिआएको छ । यो बत्ती हेर्यो भने आँखा तेजिलो हुन्छ भन्ने मान्यता पनि रहेको छ ।

मल्लकालमा भक्तपुरलाई माथिल्लो, मध्य, र तल्लो क्षेत्र गरि तीन क्षेत्रमा बाँधेको थियो । प्रतिपदाको दिन माथिल्लो क्षेत्र सकोलानबाट दुईवटा या:मता ल्याउने गर्दछ । जसको मतलव यस भेगमा दुईटा स:मिल रहेको हो ।

त्यसैगरी तेश्रो दिन पनि तल्लो भेग (बंशगोपाल) मा पनि दुईवटा स:मिल रहेका कारण दुईवटा नै या:मता ल्याउने गर्दछ । तर दोश्रो दिन भक्तपुरको मध्य भेग गोल्मढीबाट भने एकवटा मात्र या:मता ल्याउने गर्दछ ।

वास्तवमा मल्लकालमा यो बत्तिको प्रचलन हुन्दा दुईटा नै बाल्ने गर्थ्यो । जसको अर्थ गोल्मढीमा पनि दुईवटा नै स:मिलहरु थियो । तर हाल एउटा मात्र स:मिल चलनमा आएको छ जुन गोल्मढीमा अवस्थित ननिमा रहेको छ भने मल्लकालिन दोश्रो स:मिल हालको पलिखेलमा रहेको थियो ।

हाल त्यस क्षेत्रमा टेलिफोनको बुट राखिएको छ । यसरी स:मिल सार्वजनिक भएको कारण दोश्रो दिन एउटा मात्र या:मता ल्याएको हो । कसैकसैले यसलाई आकाशदिप पनि भन्ने गरिन्छ । आकाशदिप भन्नाले आकाशमा हिड्ने, उड्ने पशुपन्छी, देवदेवीहरुको लागि बाटो देखाउन आकाशमा बालिएको बत्ती हो । यस अर्थले यस बत्तीलाई आकाशदिप भन्न अलि कठिन हुन्छ ।

– लेखक: गणेश रंजित 

Published Date: 02 October 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक