भक्तपुरमा राजा जगत प्रकाश मल्लले प्रचलनमा ल्याएको “या:मता” बारे एक प्रसंग

भक्तपुरमा राजा जगत प्रकाश मल्लले प्रचलनमा ल्याएको “या:मता” बारे एक प्रसंग : Icon Khabar

काठमाडौँ, असोज १५ । येँया जात्रा अर्थात इन्द्रजात्राको दिन भक्तपुरमा त्रिशुल आकारको बत्ति ल्याउने गर्दछ । जसलाई या:मता भनिन्छ ।

या:मता राजा जगत प्रकाश मल्लको पाला देखि मानन्धर समुदायले ल्याउने प्रचलन चलिआइरहेको हो ।

या:मतालाई बत्तिदानको रुपमा पनि लिने गर्दछ । यसरी बत्ति दान गर्दा आयु वृद्धि, बुद्धिको वृद्धि र चेतनाको वृद्धि हुन्छ भन्ने जनविश्वास रहिआएको छ । यो बत्ती हेर्यो भने आँखा तेजिलो हुन्छ भन्ने मान्यता पनि रहेको छ ।

मल्लकालमा भक्तपुरलाई माथिल्लो, मध्य, र तल्लो क्षेत्र गरि तीन क्षेत्रमा बाँधेको थियो । प्रतिपदाको दिन माथिल्लो क्षेत्र सकोलानबाट दुईवटा या:मता ल्याउने गर्दछ । जसको मतलव यस भेगमा दुईटा स:मिल रहेको हो ।

त्यसैगरी तेश्रो दिन पनि तल्लो भेग (बंशगोपाल) मा पनि दुईवटा स:मिल रहेका कारण दुईवटा नै या:मता ल्याउने गर्दछ । तर दोश्रो दिन भक्तपुरको मध्य भेग गोल्मढीबाट भने एकवटा मात्र या:मता ल्याउने गर्दछ ।

वास्तवमा मल्लकालमा यो बत्तिको प्रचलन हुन्दा दुईटा नै बाल्ने गर्थ्यो । जसको अर्थ गोल्मढीमा पनि दुईवटा नै स:मिलहरु थियो । तर हाल एउटा मात्र स:मिल चलनमा आएको छ जुन गोल्मढीमा अवस्थित ननिमा रहेको छ भने मल्लकालिन दोश्रो स:मिल हालको पलिखेलमा रहेको थियो ।

हाल त्यस क्षेत्रमा टेलिफोनको बुट राखिएको छ । यसरी स:मिल सार्वजनिक भएको कारण दोश्रो दिन एउटा मात्र या:मता ल्याएको हो । कसैकसैले यसलाई आकाशदिप पनि भन्ने गरिन्छ । आकाशदिप भन्नाले आकाशमा हिड्ने, उड्ने पशुपन्छी, देवदेवीहरुको लागि बाटो देखाउन आकाशमा बालिएको बत्ती हो । यस अर्थले यस बत्तीलाई आकाशदिप भन्न अलि कठिन हुन्छ ।

– लेखक: गणेश रंजित 

Published Date: 02 October 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ