सोनापुर मिनरल्सको प्रिमियम आइपीओ आजबाट बिक्री खुला

सोनापुर मिनरल्सको प्रिमियम आइपीओ आजबाट बिक्री खुला : Icon Khabar
काठमाडौं, असोज १४ । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आज असोज १४ गते आइतबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ । यस कम्पनीले १०० अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसका दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सर्वसाधरणका लागि बिक्रीमा ल्याएको हो ।
कम्पनीले जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४०% (१ अर्ब २३ करोड २० हजार रुपैयाँ) को आधारमा १ करोड २३ लाख २०० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।
सोमध्ये पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानीय बासिन्दाका लागि १०० अंकित मूल्यमा १२५ रुपेयाँ प्रिमियम थप गरी प्रतिसेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता सेयर निष्कासन गरिएको थियो । स्थानीयले नकिनेको सेयरसमेत थप गरेर सर्वसाधारणलाई बिक्री खुला गरिएको हो । यस आइपीओमा असोज १७ गतेसम्म आवेदन दिन सकिनेछ ।
उक्त समयसम्म सबै सेयर बिक्री नभएमा भने असोज २८ गतेसम्म खुला रहनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले जानकारी गराएको छ । सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत पनि आवेदन दिन सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 October 2023
Website | + posts




ताजा
दशैंको घटस्थापनादेखि आजसम्म काठमाडौं उपत्यकामा १७५ सवारीसाधन दुर्घटना, ९ जनाको मृत्यु
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित