जनकपुर मधेश प्रदेशको आर्थिक केन्द्रका रुपमा विकसित हुँदैछः अर्थमन्त्री डा. महत

जनकपुर मधेश प्रदेशको आर्थिक केन्द्रका रुपमा विकसित हुँदैछः अर्थमन्त्री डा. महत : Icon Khabar

जनकपुर, असोज १३ । अर्थमन्त्री डा. प्रकाशशरण महतले मधेश प्रदेशको राजधानी जनकपुर आर्थिक रुपले पुर्नउदय हुँदै गएको बताको छ । शनिबार जनकपुरधाम उद्योग वाणिज्य संघको ५६ औं वार्षिक साधारण सभामालाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने , ‘धार्मिक र सांस्कृतिक केन्द्रको रुपमा परिचित जनकपुर अब आर्थिक केन्द्रको रुपमा विकसित हुँदै गएको आधार देखिन थालेको छ ।’

जनकपुरमा धार्मिक पर्यटनको प्रशस्त सम्भावना रहेको औंल्याउनु हुँदै मन्त्री डा. महतले भने, ‘धार्मिक पर्यटनमार्फत् नै यो क्षेत्रको उत्थान हुन्छ । केन्द्र, प्रदेश र स्थानीय सरकार मिलेर यो कामलाई अगाडि बढाउन प्रतिबद्ध छ ।’

मधेश प्रदेशमा विकासको ठूलो सम्भावना रहेको मन्त्री डा. महतले औंल्याए । उनले भने, ‘यो सम्भावना पूरिपूर्ति गर्न सरकार सक्रिय रहन्छ । मधेशमा भौतिक पुर्वाधारमा सरकारले ठूलै लगानी गरेको छ । सरकारले आउँदा दिनमा अझ बढी लगानी गर्नेछ । पूर्व–पश्चिम राजमार्ग ६ लेन हुँदैन, त्यसले पनि आर्थिक गतिविधिलाई मद्दत गर्छ । हुलाकी राजमार्ग छिट्टै सम्पन्न गर्ने योजनामा सरकार छ ।’

जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्व युवा शक्तिले नेतृत्व लिएकोमा मन्त्री डा. महतले खुशी व्यक्त गरे। ‘अहिलेको नेतृत्व केही गरौं भन्ने भावनाले ओतप्रोत हुन्छ । साथीहरुले थोरै सहज अवस्था भयो भने यहाँ उद्योग व्यवसाय फस्टाउँछ भन्नुभयो, यसले मलाई उत्साहित बनाएको छ ।’

‘हाम्रो अर्थतन्त्रमा समस्या छन्, तर समस्या विस्तारै न्यून हुने बाटोमा अग्रसर छ । परिणाम आउन केही समय लाग्छ, तर सुरुवात भएको छ । अब सकरात्मक बहसको आवश्यकता छ’ मन्त्री डा. महतले भने, ‘अब यहाँ केही हुन्छ भन्ने आत्मविश्वास बढाउनुपर्छ ।’

अब यहाँ केही हुँदैन, व्यवसाय गर्न सकिँदैन भन्ने भाष्यलाई सामाजिक सञ्जाल र विभिन्न व्यक्तिमार्फत् समाजमा फालिएको मन्त्री डा. महतले बताए । उनले भने, ‘सरकारले खर्च अनुशासनमा ल्याएको छ, समयमा खर्च गर्ने बाटोमा हामी अगाडि बढिरहेका छौं । अब देश सकरात्मक बाटोतिर जान्छ । यो भाष्यलाई चिर्नुपर्छ ।’

कार्यक्रममा मन्त्री डा. महतले भने , ‘धेरै ठूलो पूँजी सहकारीमार्फत् प्रवाह भइरहेको छ । तर सहकारीको अवधारणा स्थानीयले केही पूँजी जम्मा गर्ने हो । आफ्नो आवश्यकता पूर्ति गर्ने र लगानी गर्ने पूँजी संकलन गर्ने सहकारीको अवधारणा हो ।’ अर्बौको व्यवसाय गर्नेलाई राष्ट्र बैंकले पनि नियमन गर्दैन । विस्तारै समस्या थपिँदै गएको मन्त्री डा. महतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 September 2023
Website | + posts






ताजा
१२ कक्षाको नतिजामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण
भक्तपुरमा गाईजात्राका लागि तोकिएको समयभित्र तारहरु नहटाएमा नगरपालिका स्वयंले हटाउने
नेपालबाट सिमेन्टको निर्यात लगातार तेस्रो वर्ष पनि बढ्यो
सोमबार नेप्से परिसूचक ८.६२ अंकले बढ्यो




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण