सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड मनोज डंगोललाई

सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड मनोज डंगोललाई : Icon Khabar

काठमाडौँ, पुष २७ । रारा राष्ट्रिय अवार्ड अन्तर्गत सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड मनोज डंगोललाई प्रदान गरिएको छ । पाउ हजुरको गीतबाट उनले सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड प्राप्त गरेका हुन । राष्ट्रपती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा काठमाडौमा अवार्ड समारोह आयोजना गरिएको थियो ।

डंगोल बिग परिवेश रेकर्डिङ स्टुडियोमा कार्यरत छन । उनले बिरिसु मिडिया प्रा.ली ले आयोजना गरेको स्टार म्युजिक एण्ड फिल्मस अवार्ड -२०७८ मा पाउ हजुरको बोलको गीतबाट वर्ष सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड प्रदान गरिएको थियो । त्यसैगरी उनले पाँचौ मनास्लु राष्ट्रिय अर्वाड २०७८ मा सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड, ग्रीट नटराज फिल्मस प्रा.लि ले आयोजना गरेको स्टार म्युजिक भिडियो अवार्ड-२०२२ मा सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड, मनास्लु पोष्टको आयोजनामा छैठौ मनास्लु राष्ट्रिय अर्वाड २०७९ र दोस्रो मनास्लु इन्टरनेशनल आइकन अवार्ड अन्तर्गत सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड प्राप्त गरिसकेका छन ।

Published Date: 11 January 2023


ताजा
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल
ग्यासमा कृत्रिम अभाव र कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु