अनलाइनबाट प्राप्त हुने प्रलोभनबाट सावधान रहन प्रहरीको अनुरोध

अनलाइनबाट प्राप्त हुने प्रलोभनबाट सावधान रहन प्रहरीको अनुरोध : Icon Khabar

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइनबाट प्राप्त हुने प्रलोभनबाट सावधान रहन अनुरोध गरेको छ।

फेसबुक, भाइबर, इमो, ह्वाट्स एप, इन्स्टाग्राम, टिकटक जस्ता विभिन्न सामाजिक सञ्जालका माध्यमबाट उपहार तथा पार्सल पठाएको, चिठ्ठा परेको, बैंक तथा वालेटको कर्मचारी हुँ भनी ओटीपी कोड माग्ने, डलर देखाइ नेपाली पैसा साट्ने, विदेश पठाउने बाहानामा ठगी गर्ने कार्य बढीरहेको जानकारी गराउँदै यस्ता झुटा आश्वासन र प्रलोभनयुक्त गैरकानुनी कार्यमा सावधान रहन अपराध अनुसन्धान कार्यालयले सो अनुरोध गरेको हो।

यस्ता प्रकृतिको अपराधबाट बच्नका लागि व्यक्तिगत विवरण, बैंक विवरण, ओटीपी कोड, पीन कोड जस्ता सेक्युरिटी कोड कसैलाई पनि नदिन कार्यालयले अनुरोध गरेको छ।

Published Date: 21 September 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २२ गते आइतबार
भक्तपुरमा बिस्का जात्राको तयारी तीव्र, कडा सुरक्षा व्यवस्था लागू हुने
आइतबार नेप्से परिसूचक १०५.५० अंकले घट्यो
सरकारले करिब २७ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता