काठमाडौँ, असोज ४ । असोज ४ गतेदेखि यात्रुलाई सेवा दिनेगरी सरकारले सुरु गरेको सूर्यविनायकदेखि रत्नपार्कसम्मको द्रुत बस सञ्चालनको पहिलो दिननै अस्तव्यस्त देखिएको छ ।
खासगरी द्रुत बस सञ्चालनका लागि छुट्याइएको लेनमा अन्य नियमित चल्ने सवारीसाधनपनि चलेपछि सो रुटमा चल्ने सवारीसाधनको ट्राफिक व्यवस्थापन भद्रगोल बनेको हो ।
सरकाले आज अर्थात बुधबारदेखि ट्राफिक लाइटमापनि नरोकिने २५ ओटा द्रुत बस सञ्चालनमा ल्याएको छ । उक्त बसका लागि रत्नपार्कदेखि सर्यविनायकसम्म छुट्टै लेन बनाइएको छ । द्रुत बसकालागि छोडिएको लेनमा अन्य सवारीसाधन रोकिने र चल्ने भएपछि दु्रत बस सञ्चालन अव्यिवस्थित देखिएके हो ।
भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्मको सडक खण्डमा चल्ने द्रुत बस सेवा सञ्चालन भएपछि यात्रुले ४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्क पुग्न सक्ने यातायात व्यवस्था विभागको दाबी थियो । तर, यात्रुका अनुसार भक्तपुरबाट रत्नपार्क आइपुग्न साढे एक घण्टा लागेको बताउछन ।
भक्तपुरको लोकन्थलीदेखि जडीबुटी, कोटेश्वर, बानेश्वर हुँदै माइतीघरसम्मको दैनिक हुने जामले भक्तपुरबाट रत्नपार्क पुग्न कार्यालय समयमा कम्तीमा पनि डेढ घण्टा लाग्ने गरेको भन्दै सरकारले यस्तो सेवा सुरु गरेको थियो ।
तर, सोहि बसका लागि छुट्याएको लेनका कारण बानेश्वरदेखि भक्तपूरसम्मको ट्राफिक व्यवस्थापन भद्रगोल देखिएको छ । यो सेवा सुरु भएपनि नियमित समयभन्दापनि अत्याधिक जाम हुन थालेको यात्रुको गुनासो छ ।
द्रुत बससेवाका कारण थप झन्झट व्यहोर्नुपरेको भन्दै समाजिक सञ्जालमा सर्वत्र अलोचना भएको छ ।
द्रुत बसहरु ट्राफिक लाइटमा रोक्ने कि नरोक्ने, एक्सप्रेस लेनलाई ओभरटेक गर्ने प्रयोजनमा प्रयोग गर्न पाइने कि नपाइनेलगायत विषयमा अन्योल छ । हाल उक्त बसका लागि सडकमा हिलटेकसहितको रातो कलर लगाइएको छ ।
सूर्यविनायकबाट बिहान ८ देखि ११ बजेसम्म र अपराह्न ४ देखि ६ बजेसम्म सञ्चालन हुने द्रुत सेवाका बस दुवैतर्फबाट पाँच/पाँच मिनेटको फरकमा छुट्नेछन्।
साभार: मेरो लगानी
Published Date: 21 September 2023-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1