वडा समितिका लागि निर्वाचन मार्फत नेतृत्व चयन गर्ने रास्वपाको निर्णय

वडा समितिका लागि निर्वाचन मार्फत नेतृत्व चयन गर्ने रास्वपाको निर्णय : Icon Khabar

काठमाडौं, असोज २ । राष्ट्रिय स्वतन्त्र पार्टीले वडा तहको समितिको लागि कात्तिक १० देखि १६ सम्म निर्वाचन मार्फत नेतृत्व चयन गर्ने भएको छ ।

कार्यसमितिमा चयन हुनेहरुको नामावली कात्तिक २० गते सार्वजनिक गरिने रास्वपाले जनाएको छ ।

रास्वपाको वडा समितिमा ११ जना हुने व्यवस्था छ । सभापति, उपसभापति, सचिव सहित सबै सदस्य निर्वाचित हुनुपर्नेछ । ११ जनामा दलित एक जना अनिवार्य गरिएको छ । महिला चार जना, ४५ वर्षुमनि उमेर समूहका ६ जना निर्वाचित हुनेछन् ।

वडा तहको समितिका लागि समेत अनलाइनबाट उम्मेदवारी दिनुपर्ने व्यवस्था गरिएको छ । असोज २ देखि २० सम्म उम्मेदवार दर्ताका लागि आह्वान गरिएको छ । उम्मेदवार हुन १०० रुपैयाँ शुल्क तोकिएको छ । वडा समिति गठनका लागि आजदेखि वडा तहको भेला रोकिएको महामन्त्री मुकुल ढकालले जानकारी गराए ।

वडामा रास्वपाको संगठन निर्माणको लागि गत असार १७ भित्र भेला मार्फत गठन भएका वडाहरुको असार मसान्त भित्र अद्यावधिक गर्ने सूचना जारी गरिएको थियो ।

भेला आयोजना गर्ने र अद्यावधिक गर्ने म्याद दुई पटक थप भएको सहमहामन्त्री तथा संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 September 2023
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ