आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्न समिति गठन

आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्न समिति गठन : Icon Khabar

काठमाडौं, भदौ ३१ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्न समिति गठन गरेको छ ।

मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमद्वारा जारी विज्ञप्तिमा अतिरिक्त स्वास्थ्य सचिव विकास देवकोटाको नेतृत्वमा वार्ता समिति गठन गरिएको उल्लेख छ ।

सहसचिव गौतमले पाँच सदस्यीय वार्ता समिति गठन गरिएको बताए । समितिले आन्दोलनरत नेपाल चिकित्सक सङ्घलाई वार्तामा बोलाएको छ ।

डाक्टर कुटपिटको विरोधमा नेपाल चिकित्सक सङ्घको आह्वानमा चिकित्सकहरूले आइतबार देशैभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरेका छन् ।

चिकित्सकहरूले सुरक्षाको माग गर्दै आज अस्पताल र स्वास्थ्य संस्थाहरू ठप्प पारेका हुन् । यही भदौ २७ गते हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरहरू विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो ।

हेटौँडा उपमहानगरपालिका–१२ पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएको भन्दै थापा र बिडारीमाथि कुटपिट भएको हो । कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई गत बिहीबार पक्राउ गरेको थियो ।

Published Date: 17 September 2023


ताजा
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास