कसले जित्ला यो पटकको एशिया कप–२०२३ को उपाधि ? भारत या श्रीलङ्का ?

एशिया कप–२०२३ को उपाधिका लागि आज भारत र श्रीलङ्काबीच कोलम्बोमा भिडन्त हुँदै

कसले जित्ला यो पटकको एशिया कप–२०२३ को उपाधि ? भारत या श्रीलङ्का ? : Icon Khabar

काठमाडौं, भदौ ३१ । एशिया कप–२०२३ को उपाधिका लागि आज भारत र श्रीलङ्काबीच कोलम्बोमा भिडन्त हुँदैछ ।

एशिया कपको फाइनल खेल आज आइतवार दिउँसो ३ः१५ बजेदेखि प्रारम्भ हुनेछ ।

श्रीलंका सुपर फोरमा भारतसँग ४१ रनले पराजित भए पनि पाकिस्तानलाई दुई विकेट र बंगलादेशलाई २१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

भारतले श्रीलंकालाई ४१ रन तथा पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो । बंगलादेशसंग भने भारत ६ रनले पराजित भएको थियो ।

श्रीलंकाले २०२२ मा टी–२० तथा भारतले २०१८ मा एकदिवसीय एशिया कप जितेका थिए । यसअघि भारतले ७ पटक र श्रीलङ्काले ६ पटक एशिया कपको उपाधि जितेका छन् ।

Published Date: 17 September 2023


ताजा
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास