कसले जित्ला यो पटकको एशिया कप–२०२३ को उपाधि ? भारत या श्रीलङ्का ?

एशिया कप–२०२३ को उपाधिका लागि आज भारत र श्रीलङ्काबीच कोलम्बोमा भिडन्त हुँदै

कसले जित्ला यो पटकको एशिया कप–२०२३ को उपाधि ? भारत या श्रीलङ्का ? : Icon Khabar

काठमाडौं, भदौ ३१ । एशिया कप–२०२३ को उपाधिका लागि आज भारत र श्रीलङ्काबीच कोलम्बोमा भिडन्त हुँदैछ ।

एशिया कपको फाइनल खेल आज आइतवार दिउँसो ३ः१५ बजेदेखि प्रारम्भ हुनेछ ।

श्रीलंका सुपर फोरमा भारतसँग ४१ रनले पराजित भए पनि पाकिस्तानलाई दुई विकेट र बंगलादेशलाई २१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

भारतले श्रीलंकालाई ४१ रन तथा पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो । बंगलादेशसंग भने भारत ६ रनले पराजित भएको थियो ।

श्रीलंकाले २०२२ मा टी–२० तथा भारतले २०१८ मा एकदिवसीय एशिया कप जितेका थिए । यसअघि भारतले ७ पटक र श्रीलङ्काले ६ पटक एशिया कपको उपाधि जितेका छन् ।

Published Date: 17 September 2023


















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक