राष्ट्रपति पौडेल र सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट पार्कबिच भेट

राष्ट्रपति पौडेल र सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट पार्कबिच भेट : Icon Khabar

काठमाडौं, भदौ २५ । राष्ट्रपति रामचन्द्र पौडेलसँग कोरियाको सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट सिउङ ही पार्कले आज शिष्टाचार भेट भएको छ । सो भेटमा राष्ट्रपति पौडेलले कोरियाले गरेको विकासको प्रशंसा गर्नुहुँदै सूचना प्रविधिका विभिन्न पक्षमा चासो राखेको थियो ।

राष्ट्रपति भवन शीतल निवासमा सोमबार भएको भेटमा पार्कले सामसुङ कम्पनीले नेपालमा सञ्चालन गरेको विभिन्न उत्पादन तथा सोसम्बन्धी गतिविधिबारे संक्षिप्तमा जानकारी गराएका थिए ।

नेपालमा सञ्चालन गर्न सकिने फ्याक्ट्री, सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाली विद्यार्थीहरूलाई उच्चस्तरको सूचना प्रविधिसम्बन्धी तालिम तथा भविष्यमा सामसुङ कम्पनी र नेपालबिच हुन सक्ने सहयोग योजना तथा सूचना प्रविधि र औद्योगिक उत्पादन सम्बन्धीका योजनाबारे पनि पार्कले सो अवसरमा जानकारी गराए ।

सो अवसरमा सामसुङका उपाध्यक्षद्वय हयुङ वु लि र सुङ जुन पार्क, प्रबन्ध निर्देशक ह्यून लि, नेपालका लागि कोरियन राजदूत थेयङ पार्क र गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा लगायतको उपस्थिति थियो ।

Published Date: 11 September 2023




















ताजा
शुक्रबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर
चक्रवात ‘अर्नब’को कहरले देशभर मौसममा उथलपुथल : भारी वर्षा, हिमपात र हुरीको चेतावनी, सतर्क रहन आग्रह
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक