सरकारले विभिन्न मन्त्रालयका लागि अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने

सरकारले विभिन्न मन्त्रालयका लागि अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने : Icon Khabar

काठमाडौं, भदौ २२ । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गका लागि कुल ३१ अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो कुराको जानकारी दिईन्।

यसैगरी, बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत आयोजनाहरुको लागि आर्थिक वर्ष २०८०/०८१ का लागि अधिकृतस्तरका १० अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

मन्त्री शर्माले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत अधिकृतस्तरका जम्मा ३० पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको जानकारी दिईन्।

यसैगरी, खानेपानी मन्त्रालयअन्तर्गत सञ्चालित आयोजनाहरुमा आर्थिक वर्ष २०८०–८१ का लागि अधिकृतस्तरका २३९ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै, उनले सरकारले न्याय सेवा आयोगको सिफारिसबमोजिम नेपाल न्याय सेवा, राजपत्राङ्कित विशिष्ट श्रेणीका कर्मचारीहरुलाई सरुवा गर्ने निर्णय भएको जानकारी दिईन्।

मन्त्री शर्माले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव उदयराज सापकोटालाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयकोे सचिव पदमा, नेपाल कानुन आयोगका सचिव लीलादेवी गड्तौला (निरौला)लाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा र सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानुन आयोगको सचिव पदमा सरुवा गर्ने निर्णय भएको बताईन्।
यस्तै बैठकले अन्य विभिन्न १५ वटा निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 September 2023
Website | + posts


ताजा
फोनपेबाट हवाई टिकट बुक गर्दा ३०० रुपैयाँ क्यासब्याक, हरेक हप्ता ५ जनालाई स्मार्टवाच
देशको सार्वजनिक ऋण लगातार चुलिंदै, प्रति नेपाली ऋण हिस्सा ८६ हजार ७ सय रुपैयाँ
आईफोन १६ खरिद गर्न भारतका एप्पल स्टाेरमा भीड
जुम्लाको सिञ्जा गाउँपालिकाका ९६ दशमलव दुई प्रतिशत जनता साक्षर


ट्रेन्डिङ
सुनकोशीमा खसेको भक्तपुर आउंदै गरेको हाइलक्स गाडी बेपत्ता, भक्तपुरका ३ व्यक्ति अझै बेपत्ता
भक्तपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु
सुनकोशीमा खसेको गाडी भेटियो, भक्तपुरका ३ व्यक्ति भने अझै बेपत्ता
सिन्धुली दुर्घटना: सुनकोसीमा खसेको गाडी निकालियो, बेपत्ता तीन जनाको खोजी कार्य अहिले पनि जारी