सडक दुर्घटना बढ्दै गएपछि छाडा गाईवस्तुको घाँटी र सिङ्गमा रिफ्लेक्टिभ बेल्ट लगाउन पहल

सडक दुर्घटना बढ्दै गएपछि छाडा गाईवस्तुको घाँटी र सिङ्गमा रिफ्लेक्टिभ बेल्ट लगाउन पहल : Icon Khabar

कैलाली, भदौ २२ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीले सडक दुर्घटना बढ्दै गएपछि छाडा गाईवस्तुको घाँटी र सिङ्गमा रिफ्लेक्टिभ बेल्ट लगाउन पहल गरेको छ । रिफ्लेक्टिभ बेल्टहरू रातमा टाढाबाट चम्किनेछन्, त्यसैले सडक दुर्घटनाको संख्या कम हुनेछ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक दीपक मल्लले रातको समयमा चालकको सुरक्षामा सुधार गर्ने उद्देश्यले यस्तो पहल गरिएको बताए । उनले थपे, ‘यसबाहेक गाई र गोरुलाई सडकबाट खेदेको छ ।

धनगढीको मोहनापुरदेखि अत्तरियासम्मको १४.२ किलोमिटर सडकलाई ६ लेनमा स्तरोन्नति गरिएको छ । छ लेनको फराकिलो सडकमा दुर्घटनाको जोखिम बढी हुन्छ । तिब्र गतिमा गाडी गुड्दा छाडा गाईवस्तुका कारण ६ लेनको सडकखण्डमा भएको सवारी दुर्घटनामा एक यात्रुको ज्यान गएको छ ।

धनगढी–अत्तरिया सडकखण्डमा गत आर्थिक वर्ष मात्रै १४ दशमलव २ किलोमिटर सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । तीमध्ये छाडा गाईवस्तुसँग सवारी साधन ठोक्किँदा नौ जनाको मृत्यु भएको छ । त्यस्तै, चालु आर्थिक वर्ष भदौदेखि हालसम्म तीनवटा सडक दुर्घटना भएका छन् । यी दुर्घटनामा छाडा गाईको ठक्करबाट एकजना घाइते भएका छन् ।

छ लेन सडकमा जोडिएको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाले छाडा गाईवस्तु व्यवस्थापन गर्न नसक्दा सडक दुर्घटना बढ्दै गएको स्थानीय महेश कठायत बताउँछन् । उनले भने, ‘रातमा छ लेनको सडकमा मोटरसाइकलमा हिड्दा कालो गाई, गोरु नदेख्दा सडक दुर्घटना हुने गरेको छ । चालक र यात्रु दुवैको लापरवाहीले सडक दुर्घटना हुने गरेको स्थानीयको भनाइ छ तर अधिकांश दुर्घटना छाडा गाईवस्तुले बाटो काट्ने र राति बाटोमा बसेका गाईवस्तु नदेखेकाले हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 September 2023
Website | + posts