विश्वकप छनोटमा अर्जेन्टिनाको विजयी सुरुआत

विश्वकप छनोटमा अर्जेन्टिनाको विजयी सुरुआत : Icon Khabar

मोन्टेभिडिओ, भदौ २२ । लियोनल मेसीले फ्रि–किकबाट उत्कृष्ट चिरपरिचित गोल गर्दै अर्जेन्टिनालाई दक्षिण अमेरिकी विश्वकप छनोटमा बिहीबार विजयी सुरुआत दिलाएका छन् । विश्वकप च्याम्पियन अर्जेन्टिनाले इक्वेडरलाई १–० ले हराएको हो ।

अन्य खेलमा कोलम्बियाले भेनेजुएलालाई १–० ले हरायो भने १० खेलाडीमा सीमित पेरुले पाराग्वेलाई गोलरहित बराबरीमा रोक्यो । यी खेलसँगै निकै लामो समयसम्म चल्ने दक्षिण अमेरिकी विश्वकप छनोट सुरु भएको हो ।

डिसेम्बरमा मात्रै अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएका मेसीले सन् २०२६ को प्रतियोगितासम्म आफूले खेल्ने हो/होइन, त्यसबारे प्रस्ट भनेका छैनन् । इक्वेडरविरुद्ध भने लउटारो मार्टिनेजले ७८औं मिनेटमा फ्रि–किक जिते । यसैमा मेसीले गोल गरेका हुन् ।

यो गोलसँगै मेसीले दक्षिण अमेरिकी विश्वकप छनोटमा सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका छन् । उनीसँगै लुइस स्वारेजले गरेको गोल संख्या २९ पुगेको छ ।

Published Date: 08 September 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक