अनलाइनबाट नक्कली ‘रसीद’ पठाएर ठगी गरेको आरोपमा एक जना पक्राउ

अनलाइनबाट नक्कली ‘रसीद’ पठाएर ठगी गरेको आरोपमा एक जना पक्राउ : Icon Khabar

काठमाडौं, भदौ २२ । अनलाइनबाट नक्कली ‘रसीद’ पठाएर रु एक लाख ९५ हजार ५०० ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका–७ घर भई हाल काठमाडौं गोठाटार बस्ने २२ वर्षीय सुशन घिमिरे रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए ।

एसपी रेग्मीका अनुसार पक्राउ परेका घिमिरेले सामाजिक सञ्जाल इन्स्टाग्राममा विभिन्न डिजाइनका गरगहना तथा अन्य सामान अनलाइनमार्फत बेचेको नक्कली रसिद पठाएर पीडितलाई ठगी गर्ने गरेको पाइएको छ ।

पक्राउ परेका घिमिरेलाई ठगी मुद्दामा थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको प्रवक्ता एसपी रेग्मीले जानकारी दिए ।

Published Date: 08 September 2023


















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक