अनलाइनबाट नक्कली ‘रसीद’ पठाएर ठगी गरेको आरोपमा एक जना पक्राउ

अनलाइनबाट नक्कली ‘रसीद’ पठाएर ठगी गरेको आरोपमा एक जना पक्राउ : Icon Khabar

काठमाडौं, भदौ २२ । अनलाइनबाट नक्कली ‘रसीद’ पठाएर रु एक लाख ९५ हजार ५०० ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका–७ घर भई हाल काठमाडौं गोठाटार बस्ने २२ वर्षीय सुशन घिमिरे रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए ।

एसपी रेग्मीका अनुसार पक्राउ परेका घिमिरेले सामाजिक सञ्जाल इन्स्टाग्राममा विभिन्न डिजाइनका गरगहना तथा अन्य सामान अनलाइनमार्फत बेचेको नक्कली रसिद पठाएर पीडितलाई ठगी गर्ने गरेको पाइएको छ ।

पक्राउ परेका घिमिरेलाई ठगी मुद्दामा थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको प्रवक्ता एसपी रेग्मीले जानकारी दिए ।

Published Date: 08 September 2023


ताजा
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास