चीनद्वारा सरकारी कार्यालयमा आईफोन प्रयोगमा प्रतिबन्ध !

चीनद्वारा सरकारी कार्यालयमा आईफोन प्रयोगमा प्रतिबन्ध ! : Icon Khabar

चीन, भदौ २२ । चीनले सरकारी कार्यालयमा आईफोन प्रयोगमा प्रतिबन्ध लगाएको समाचार वाल स्ट्रिटले सार्वजनिक गरेको छ।

वाल स्ट्रिट जर्नलले बुधबार चीनले केन्द्रीय सरकारी कार्यालयका अधिकारीहरूलाई कार्यालयमा आईफोन नल्याउन र कार्यालयको काममा आईफोन प्रयोग नगर्न निर्देशन दिएको रिपोर्ट प्रकाशित गरेको थियो ।

बिहीबार ब्लुमबर्गले पनि चीनले सरकारले चलाएका कम्पनी र सरकारसमर्थित एजेन्सीहरूका कर्मचारीलाई पनि आईफोन प्रयोग नगर्न निर्देशन दिएको आफ्नो समाचारमा जनाएको थियो ।

सेप्टेम्बर १२ मा आईफोन-१५ सार्वजनिक गर्ने तयारी भइरहेका बेला चीनले सरकारी कार्यालयमा यसको प्रयोगमा प्रतिबन्ध लगाएको समाचार सार्वजनिक भएको हो । चीन सरकारले भने यसबारे आधिकारिक प्रतिक्रिया दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 September 2023
Website | + posts
ताजा
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
प्यालेस्टाइनद्वारा प्यालेस्टिन राज्यलाई मान्यता दिन र संयुक्त राष्ट्रसङ्घमा सदस्यतालाई समर्थन गर्न आग्रह
अझै खुल्न सकेन सिन्धुपाल्चोकको भोटेकोशीमा गत साउन १८ गतेको पहिरोले अवरुद्ध अरनिको राजमार्ग
भारत र चीनबिचको सम्झौता अस्वीकार्य: गगन थापा


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू