चीनद्वारा सरकारी कार्यालयमा आईफोन प्रयोगमा प्रतिबन्ध !

चीनद्वारा सरकारी कार्यालयमा आईफोन प्रयोगमा प्रतिबन्ध ! : Icon Khabar

चीन, भदौ २२ । चीनले सरकारी कार्यालयमा आईफोन प्रयोगमा प्रतिबन्ध लगाएको समाचार वाल स्ट्रिटले सार्वजनिक गरेको छ।

वाल स्ट्रिट जर्नलले बुधबार चीनले केन्द्रीय सरकारी कार्यालयका अधिकारीहरूलाई कार्यालयमा आईफोन नल्याउन र कार्यालयको काममा आईफोन प्रयोग नगर्न निर्देशन दिएको रिपोर्ट प्रकाशित गरेको थियो ।

बिहीबार ब्लुमबर्गले पनि चीनले सरकारले चलाएका कम्पनी र सरकारसमर्थित एजेन्सीहरूका कर्मचारीलाई पनि आईफोन प्रयोग नगर्न निर्देशन दिएको आफ्नो समाचारमा जनाएको थियो ।

सेप्टेम्बर १२ मा आईफोन-१५ सार्वजनिक गर्ने तयारी भइरहेका बेला चीनले सरकारी कार्यालयमा यसको प्रयोगमा प्रतिबन्ध लगाएको समाचार सार्वजनिक भएको हो । चीन सरकारले भने यसबारे आधिकारिक प्रतिक्रिया दिएको छैन ।

Published Date: 08 September 2023


ताजा
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास