अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा : Icon Khabar

काठमाडौं, भदौ २२ । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार (भदौ २२ गते) १ डलरको भाउ (बिक्रीदर) १३३ रुपैयाँ ४४ पैसा कायम भएको छ । यस्तै, खरिददर पनि १३२ रुपैयाँ ८४ पैसा कायम भएको छ । ययसअघि भदौ १ गते एक अमेरिकी डलरको मूल्य १३३.३४ रुपैयाँ पुगेको थियो ।

पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ । बलियो अमेरिकी डलर र कच्चा तेल मूल्य उच्च हुँदा भारुमा दबाब परेको हो ।

भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ । आयात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ ।

तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ । डलर बलियो हुँदा भारु र नेरु दुवै कमजोर बनेका छन् । भारुसँग नेरुको स्थिर विनिमयदर छ ।

Published Date: 08 September 2023


ताजा
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल