अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा : Icon Khabar

काठमाडौं, भदौ २२ । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार (भदौ २२ गते) १ डलरको भाउ (बिक्रीदर) १३३ रुपैयाँ ४४ पैसा कायम भएको छ । यस्तै, खरिददर पनि १३२ रुपैयाँ ८४ पैसा कायम भएको छ । ययसअघि भदौ १ गते एक अमेरिकी डलरको मूल्य १३३.३४ रुपैयाँ पुगेको थियो ।

पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ । बलियो अमेरिकी डलर र कच्चा तेल मूल्य उच्च हुँदा भारुमा दबाब परेको हो ।

भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ । आयात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ ।

तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ । डलर बलियो हुँदा भारु र नेरु दुवै कमजोर बनेका छन् । भारुसँग नेरुको स्थिर विनिमयदर छ ।

Published Date: 08 September 2023


















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक