सुन तस्करी प्रकरणमा संलग्न थप एक जना पक्राउ

सुन तस्करी प्रकरणमा संलग्न थप एक जना पक्राउ : Icon Khabar

काठमाडौं, भदौ २२ । सुन तस्करी प्रकरणमा संलग्न थप एक जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा बाराका शिव कुमार सफरलाई प्रहरीले पक्राउ गरेको हो ।

सुनचाँदी व्यवसायी समिति बाराका अध्यक्ष समेत रहेका सर्राफलाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले बिहीबार राति पक्राउ गरेको हो । यो प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पनि पक्राउ परेका छन् ।

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । उक्त प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या २७ पुगेको प्रहरीले जनाएको छ । ब्रेक सु भनेर तस्करी गरिएको सुन प्रकरणमा चिनियाँ व्यापारी र उनीहरुसँग साँठगाँठ भएका नेपालीहरुलाई पक्राउ गरी प्रहरीले अनुसन्धान जारी राखेको छ ।

Published Date: 08 September 2023












ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड