सुन तस्करी प्रकरणमा संलग्न थप एक जना पक्राउ

सुन तस्करी प्रकरणमा संलग्न थप एक जना पक्राउ : Icon Khabar

काठमाडौं, भदौ २२ । सुन तस्करी प्रकरणमा संलग्न थप एक जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा बाराका शिव कुमार सफरलाई प्रहरीले पक्राउ गरेको हो ।

सुनचाँदी व्यवसायी समिति बाराका अध्यक्ष समेत रहेका सर्राफलाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले बिहीबार राति पक्राउ गरेको हो । यो प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पनि पक्राउ परेका छन् ।

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । उक्त प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या २७ पुगेको प्रहरीले जनाएको छ । ब्रेक सु भनेर तस्करी गरिएको सुन प्रकरणमा चिनियाँ व्यापारी र उनीहरुसँग साँठगाँठ भएका नेपालीहरुलाई पक्राउ गरी प्रहरीले अनुसन्धान जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 September 2023
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू